Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

पत्रकार महासंघको केन्द्रिय समितिमा पर्साबाट ३ जनाकाे उम्मेदवारी

spot_img
spot_img

वीरगंज । नेपाल पत्रकार महासंघकाे केन्द्रिय समितिमा पर्साबाट ३ जनाकाे उम्मेदवारी परेको छ ।

प्रेस युनियन, प्रेस संगठन लगायतकाे ११ पत्रकार संगठनकाे प्यानलबाट नेपाल पत्रकार महासंघकाे सचिव (मधेशी) पदमा पर्साका पत्रकार दिपेन्द्र चाैहान र केन्द्रिय सदस्य (दलित) पदमा पर्साका पत्रकार बृजलाल पासवानकाे उम्मेदवारी दर्ता भएकाे हाे ।

त्यसैगरी, प्रेस चाैतारीबाट पत्रकार महासंघकाे केन्द्रिय सदस्यमा पर्साका पत्रकार केशी लामिक्षानेले उम्मेदवारी दिएका छन् ।

महासंघकाे  केन्द्रिय सचिवमा उम्मेदवारी दिएका पत्रकार चाैहान नेपाल पत्रकार महासंघ प्रदेश न. २ का अध्यक्ष एवम् प्रेस युनियनका नेता हन् भने केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका पत्रकार पासवना प्रेस संगठन नेपाल प्रदेश नं. २ का सचिव र अर्का केन्द्रिय सदस्यका उम्मेदवार लामिक्षाने लामिक्षाने नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष एवम् प्रेस चाैतारीका लेखा समिति सदस्य हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीका चितवन पुगेका २२९ शव जमिनमा गाडिँदै

चितवन । रसुवाको भोटेकोशी बाढीमा परी मृत्यु भएका र बगेर चितवनसम्म पुगेका पहिचान हुन नसकेका शवहरू संक्रमण फैलिन नदिन जमिनमा व्यवस्थापन गरिने भएको छ। जिल्ला...

हरिखेतान बहुमुखी क्याम्पसद्वारा बाढीपीडितका लागि ५ लाख सहयोग

वीरगंज । हरिखेतान बहुमुखी क्याम्पस वीरगंजले बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ...

भोटेकोशी बाढीले बगाएको सेफ तोडेर पैसा चोरी गर्ने पर्साका अन्सारी सहित २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद राखिएको सेफ फेला पारी तोडफोड गरी पैसा चोरी गरेको आरोपमा धादिङ प्रहरीले २९ जनालाई...