Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

महुवनमा दाैड प्रतियाेगिता सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ महुवनमा शनिबार दाैड प्रतियाेगिता सम्पन्न भएकाे छ । पारसनाथ युवा समाज, महुवनकाे आयाेजनामा १०० मिटर, ३०० मिटर र १५०० मिटरकाे दाैड प्रतियाेगिता सम्पन्न भएकाे हाे ।

१०० मिटरकाे दाैड प्रतियाेगिता दिनेश साह तेली प्रथम, पिन्दु साह तेली द्वितिय र गाेबिन्द साह तेली तृतिय भएका थिए ।

यस्तै, ३०० मिटरकाे प्रतियाेगितामा दिनेश साह तेली प्रथम, पिन्टु साह तेली द्वितिय र आर्यन साह तेली तृतिय भएका थिए भने १५०० मिटरकाे प्रतियाेगितामा कृष्णा कुमार राम प्रथम, पिन्टु साह तेली द्वितिय र विकेश कुमार राम तृतिय भएका थिए ।

युवा समाजका सन्देश कुमार  साह तेली र अनिल साह तेलीकाे अध्यक्षतामा भएकाे प्रतियाेगितामा उमेश राैनियार, सुरेश पटेल, रामदिनेश पंडित, गाेबिन्दा साह, संदिप पटेल, महेश राैनियार, बृजकिशाेर हजारा, किशाेरी साह तेली लगायतकाे उपस्थिती रहेकाे थियाे ।

१०० मिटरकाे प्रतियाेगितामा १३ जना, ३०० मिटरकाे प्रतियाेगितामा १४ जना र १५०० मिटरकाे प्रतियाेगितामा ९ जनाकाे सहभागी भएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...