Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

नगवाबासी कोभिडबाट सुरक्षित हुँदै भव्य र सभ्य रुपमा होली मनाउँने

spot_img
spot_img

वीरगंज । विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणबाट सुरक्षित हुदै भव्य र सव्य रुपमा होली पर्व मनाउँन वीरगन्ज महानगरपालिकाकाे वडा नम्बर १६ नगवाका स्थानिय राजनितिक दलका अगुवा, समाजसेवी, बुद्धिजिवी, भद्रभलादमी, महिला अगुवा सहमत भएका छन् ।

ईलाका प्रहरी कार्यालय नगवाका प्रमुख प्रहरी नायब निरिक्षक गौरिशंकर साहको अगुवाईमा प्रहरी कार्यालयमा शुक्रबार भएकाे सर्वपक्षिय भेलामा सहभागिहरुले हिन्दु धर्मावलम्बीहरुको पवित्र पर्वको रुपमा रहेको होली (फागु पूर्णिमा) भव्य र सभ्य रुपमा सुरक्षाको मापदण्ड अपनाई मनाउँने निर्णय गरेका हुन ।

वडामा हुने अवान्छीत गतिविधि नियन्त्रण गर्न, अत्याधिक मदिरा सेवन गरी हो हल्ला गर्नेलाई नियन्त्रण गर्ने, हेलमेट नलगाई सवारी साधन चलाउँनेलार्ई, होलीको बहानामा भोजपुरी अश्लिल गित बनाउँनेलाई नियन्त्रण गरी कारवाही गर्ने भेलाले निर्णय समेत गरेको छ ।

भेलामा स्थानिय अगुवा नेता अशोक पटेलले चाडपर्वकै बहानामा कालोबजारी गरी उपभोक्तालाई ठगि गर्ने उपर निगरानी बढाउँन प्रहरी प्रशासनलाई आग्रह समेत गरेका थिए । हिन्दुहरुकै चाडपर्वको आडमा यहाँका मासु व्यवसायीले मनोमानी ढंगले दररेट बढाई उपभोक्ता ठग्ने गरेका हुनाले यस्ता मासु व्यवसायलाई नियन्त्रणमा लिई कडा कारवाही गर्नुपर्ने माग गरे ।

जिल्ला प्रशासन कार्यालय, उपभोक्ता समिति, जिल्ला प्रहरी कार्यालय लगायतको सम्बन्धीत निकायले नै खसीको मासु प्रति केजी १ हजारको दरले विक्री वितरण गर्ने दररेट तोकिसकेको छ, तर अनुगमन नभएपछि मासु व्यवसायीहरुले आफनो मनोपोली दररेट तोकी उपभोक्ता ठग्ने गरेका हुनाले समयमै उनीहरुलाई सचेत गराउँन आग्रह गरे ।

उनले समाजमा रहेका तेश्रो लिंगीहरुले अर्धनग्न घुमि समाजमा विकृती फैलाउँने, रातीराती बाईपास रोडमा घुमी आमसर्वसाधारणको सरसमान खोस्ने, चालक, सह चालक तथा राती कामबाट फर्कने युवाहरुलाई समेत आफनो झासामा लिई अनैतिक कार्य गराउँने गरेका हुनाले यस्ता गतिविधिलाई समयमै नियन्त्रण गर्न सुझाव समेत दिए ।

कार्यक्रममा बौद्धिमाई विकास क्षेत्रका अध्यक्ष रामाधार चौरसियाले सार्वजनिक ठाउँमा हो हल्ला गर्ने, कसैको ईच्छाविपरित रंग अविर लगाए, अत्याधिक मदिरा सेवन गरी झै झगडा गर्ने र २५ जना भन्दा बढी भेला हुने व्यक्तिलाई कडा कारवाही गर्न ईलाका प्रहरी कार्यालयलाई सुझाव समेत दिए ।

भेलामा प्रहरी नायब निरिक्षक साहले वडामा शान्ति सुरक्षा कायम गराउँन स्थानियको सहयोग अपरिहार्य रहेको बताए । उनले भने, टोल समाजमा शान्ति सुव्यवस्था कायम गराउँन आफू प्रतिबद्ध रहेको बताउँदै स्थानियको सहयोग सहकार्य पाए थप काम गर्ने उर्जा मिल्ने बताउँदै अवान्छीत गतिविधि हुन नदिन वाचा गरे ।

होली पर्व हाम्रो आस्था र संस्कृति संग जोडिएको छ, उनले भने, ‘संस्कृति बचाउँनको लागि होली पर्व मनाउँनु पर्छ तर अहिले कोरोना कालको परिस्थिती रहेको हुनाले आफू र आफनो टोल छिमेकलाई सुरक्षीत राखेर होली पर्व मनाउँ, ज्यान जोगियो भने, आउँने दिनमा पूर्ण भव्य रुपमा यो पर्व मनाउँन सकिन्छ ।’

भेलामा वडा समितिका निलम्बीत अध्यक्ष श्यामबाबु चौरसिया, वडा सदस्य विजय साह, कृष्ण कुशवाहा, राजनितिक दलका स्थानिय अगुवा बाबुनन्द चौरसिया, रविन्द्र श्रीवास्तव, विनोद चौरसिया, देवनाथ चौरसिया, मुन्ना साह, प्रभु साह, शिव गुप्ता, अरुण यादव, मुसाफिर मियाँ लगायतले वडाको शान्तिसुरक्षा कायम गराउँन प्रतिबद्धता जनाएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...