Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

सांसद यादवको पहलमा प्रदुषित सिर्सिया नदिको स्थलगत अवलोकन

spot_img
spot_img

वीरगंज । प्रतिनिधि सभा सदस्य प्रदिप यादवको पहलमा पर्सा र बाराको औद्योगिक क्षेत्रमा स्थलगत अवलोकन गरिएको छ ।

संघीय संसदको उधोग तथा बाणिज्य र श्रम उपभोक्ता हित समितिले पर्साको सिमानामा पर्ने सिरसिया नदिको फोहर पानी नियंत्रण तथा बारा पर्साको उधोग तथा कलकारखानाले गरिराखेको प्रदूषण बारे स्थलगत अवलोकन गरेकाे हाे ।

सांसद देवेन्द्र पौडेलकाे संयाेजकत्वमा रहेकाे समितिले जगदम्बा स्टील, नारायणी छाला, त्रिशक्ति सिमेन्ट, चोवों सति फिड हडी उधोग अमृत घ्यु राज–हंस घ्यु लगायतका उधोगमा स्थलगत निरिक्षण गरेकाे सांसद यादवले वताए । 

अवलाेकन तथा अनुगमनमा स्थानिय जनप्रतिनिधीहरू, सुरक्षा निकायका प्रमुख, राजनितिक दलका अगुवा, पत्रकार तथा स्थानियको सहभागिता रहेको थियो ।

अनुगमन समितिले जनताको पिडा बुझेर प्रदुषण नियन्त्रण र श्रीसिया नदीको प्रदुषित पानी नियन्त्रण गर्ने काम छिटो भन्दा छिटो गरिने सांसद यादवले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सडक विस्तारको विरोधमा वीरगञ्जवासी काठमाडौँमा

वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘वीरगञ्ज मुख्य सडकवासी...

सर्वोच्च अदालतद्वारा गाँजा खेतीलाई नियमनसहित खुला गर्न सरकारका नाममा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता दिने बाटो खोलिदिएको छ । अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक...

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...