Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

छात्रालाई विद्यालयमा टिकाउने वातावरणमा सरोकारवालाको जोड

spot_img
spot_img

वीरगन्ज । छात्राहरुलाई विद्यालय छाड्नुपर्ने बाध्यता र प्रवृत्ति रोक्न अभिभावकको महत्वपूर्ण भूमिका रहने सरोकारवालाहरुले बताएका छन् । शिक्षा पत्रकार सामाज र आसमान नेपालको संयुक्त आयोजनमा बीरगंजमा सम्पन्न बहिनी शिक्षाकोलागि दिदी कार्यक्रमको समिक्षा कार्यक्रममा प्रदेश नं. २ का अर्थ राज्यमंत्री उषा यादवले छात्राहरुले बिद्यालय छाडने प्रवृत्तिलाई रोक्न अभिभावकको भूमिका महत्वपूर्ण हुने बताइन ।

उनले समाज र सरकार पनि बालिका शिक्षाका लागि अवरोधकको रुपमा रहेको बताइन । मंत्री यादवले आजको दिनमा छोरीहरुले राम्रो पढेको र उनीहरुमा प्रतिस्पर्धात्मक क्षमता पनि पर्याप्त रहेको बताइन ।

उनले छोरीहरुको प्रतिभालाई फूल्न दिन उचित वतावरण बनाउन अभिभावकलाई अपिल समेत गर्दै परिर्वतन क्रमिक रुपमा हुने भएकोले कतिपय विद्यालयहरुमा छात्राको संख्या छात्र अनुपातमा धेरै रहेको पाउन थालिएको बताइन ।

शिक्षाले वालिकामा सवलीकरण बढेकाे छ : मेयर सरावगी

बीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावागीले दिदी बहिनी शिक्षाले वालिकामा सवलीकरण बढेको र त्यसको लाभ समाजले लिएको बताए । उनले छोरी शिक्षित र सशस्क्त हुदै जादा समाजमा अपराध पनि कम भएको बताए । छोरीमा प्रतिरक्षाको भावनाबढेको र त्यो शिक्षाले सम्भव भएको उनकाे भनाई थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य करिमा बेग्म, पाेखरिया नगरपालिकाकी मेयर सलमा खातनु, बिन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष किरण देबी गुप्ता लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो

काठमाडौँ । नेपाल आयल निगमले भोटेकोशी नदीमा बाढी गएपछि खोज तथा उद्धारमा संलग्न हेलिकप्टरका लागि ४० हजार ८४० लिटर हवाई इन्धन नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१ जनामध्ये आजसम्म २२ जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय...

भोटेकोशी बाढीका चितवन पुगेका २२९ शव जमिनमा गाडिँदै

चितवन । रसुवाको भोटेकोशी बाढीमा परी मृत्यु भएका र बगेर चितवनसम्म पुगेका पहिचान हुन नसकेका शवहरू संक्रमण फैलिन नदिन जमिनमा व्यवस्थापन गरिने भएको छ। जिल्ला...