Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

तराई हस्पिटलकाे लापरवाहीले बिरामीकाे ज्यान गएकाे भन्दै प्रदर्शन

spot_img
spot_img

बीरगंज । हस्पिटलकाे लापरवाहीले बिरामीको ज्यान गएकाे भन्दै आफन्तजनले प्रदर्शन गरेका छन् । बीरगंजस्थित तराई हस्पिटलकाे गैरजिम्मेवारी कारण बिरामीको मृत्यु भएको आरोप लगाउदै बिहीबार आक्रोशित आफन्तजनले अस्पतालमा ढुंगामुडा गर्नुकाे साथै प्रदर्शन गरेका हुन् ।

बिहीबार दिउँसो वीरगंजस्थित बहुअरी चाैकमा ना ३ ख ३९९२ नम्बरको कन्टेनरले ना ४३ प ५८३४ नम्बरको मोटरसाईकललाई ठक्कर दिएकाे थिए । कन्टेनरकाे ठक्करले माेटरसाइकलमा सवार वीरगंज महानगरपालिकाकाे वडा नं. २० हरपतगंज निवासी २५ बर्षिय आसेस प्रसाद यादव र पहिचान नखुलेका माेटरसाइकल चालक घाईते भएका थिए ।

घाइते मध्येका गम्भिर घाइतेकाे आसेस यादवलाई उपचारकाे लागि तराई हस्पिटल भर्ना गरिएकाे थियाे  । उपचार संलगन चिकित्सकले घाइते आसेसकाे एक्सरे गराएर आउन लेखेका थिए । एक्सरेकाे लागि शुल्क तिर्न पैसा नहुदा अस्पतालले गर्न नमानेपछि उपचारमा भएकाे ढिलाईका कारण बिरामीकाे ज्यान गएकाे भन्दै आक्राेशित मृतकका आफन्तजनले अस्पतालमा ताेडफाेड गर्नुकाे साथै प्रदर्शन गरेका थिए । 

उपचारका लागि अस्पताल भर्ना गरिएका आसेसलाई सर्जरीपछि एक्सरे गर्नुपर्ने भन्दै अस्पतालका कर्मचारीहरुले पैसा जम्मा गर्न परिवारजनलाई दबाब दिएको मृतकका भाई सरोज यादवले बताए ।

“मसँग अहिले पैसा छैन, दिउँसो ४ बजेसम्म पैसा जम्मा गरिदिन्छु, उपचार गर्दै गर्नुस्” मृतकका भाई सरोजले भने,“अस्पतालका कर्मचारीले त्यस्तो हुँदैन भने र एक्सरे रुममा भाईलाई छोडदिए ।”

मृतकका भाईका अनुसार पैसा जम्मा नगरेका कारण सबै स्वास्थ्यकर्मीहरुले घाईते भाईलाई एक्सरे रुममा एक्लै छोडिदिएका थिए । एक्सरे रुममा छोडेको केही बेरमै हेर्न जाँदा भाईको मृत्यु भईसकेको उनले जानकारी गराए ।

पैसा नदिएको कारण उपचारमा ढिलाई गर्दा बिरामीको मृत्यु भएको उनका आफन्तजनहरुको आरोप छ ।

घाइते बिरामीकाे मृत्यु भएकाे आफन्तजनले थाह पाए लगतै अस्पताल प्रशासन विरुद्ध चर्काे नाराबाजी गर्दै ढुंगा मुडा समेत गरेका थिए । पिडितकाे ढुंगामुडाबाट अस्पतालकाे केही झ्यालकाे सिसाहरु समेत फुटेकाे छ ।

अस्पताल पुगेकाे प्रहरीले अस्पताल प्रशासनका केही कर्मचारीलाई नियन्त्रण लिएर जिल्ला प्रहरी कार्यालयमा लगेकाे थियाे ।त्यसपछि मृतकका आफन्तजनले पनि अस्पतालबाट प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...