Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

पाेखरियामा नि:शुल्क आँखा शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरिया नगरपालिका वडा नंं. २ लमरियामा बिहिबार नि:शुल्क आँखा शिविर सम्पन्न भएकाे छ ।

पाेखरिया नगरपालिकाकी उप मेयर सलमा खातुनकाे अध्यक्षतामा भएकाे शिविरकाे उद्घाटन वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले गरेका थिए ।

 शिविरकाे उद्घाटन गर्दै मेयर सरावगीले पर्सा जिल्लाका गरिब विपन्न समुदायले उपचारको अभावमा आँखाको ज्योति समेत गुमाउने अवस्था रहेको भन्दै त्यस्तो जोखिमबाट बचाउनका लागि हरेक विपन्न समुदाय रहेको ठाउँमा निःशुल्क आँखा शिविर मार्फत आँखाको उपचार गराई ज्योति फर्काउने अभियानमा आफू लागेको जानकारी गराए ।

 शिविरमा १७५ जनाकाे आँखा परिक्षण

शिविरमा एक सय ७५ जनाले आँखा परिक्षण गराएकाे पाेखरिया नगरपालिकाकी उप मेयर खातुनले वताइन । जस मध्ये ९० जनामा माेतिया बिन्दु फेला परेकाे उनले जानकारी गराइन ।

माेतिया बिन्दु फेला परेका सबै जनाकाे माट्रिका आई फाउन्डेसनमा चैत २० गते नि:शुल्क अपरेशन समेत गरिने उनले जानकारी दिइन ।

वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी र माट्रिका आई फाउन्डेसनकाे सहयाेमा र जनता समाजवादी पार्टी नगर समिति पाेखरियाकाे आयाेजनामा शिविर भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...