Date
बुध, भदौ ३, २०८३
Wed, August 19, 2026

महुवनमा दलित क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । दलित अगुवाहरुको लागि सरकारी योजना तथा दलित अधिकार तथा दलित सशक्तीकरण बारे १ दिने नेतृत्व क्षमता अभिवृद्धि कार्यक्रम बुधबार महुवन सम्पन्न भएकाे छ । पिसफोर दलितस फाउन्डेसन नेपालको आयोजनामा भएकाे कार्यक्रममा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका र जिराभवानी गाउँपालिकाको दलित अगुवाहरुकाे सहभागी रहेकाे थियाे ।

कार्यक्रममा दलित अगुवाहरुलाई प्रदेश सरकारले बनाएको दलित सशक्तीकरण ऐनको बारे, जातीय भेदभाव तथा छुवाछूत कसुर सजाय ऐन, संविधानले दिएको हक अधिकार, गाउँपालिका/नगरपालिकाले दलितको लागि गरेको व्यवस्था, सरकारले दिएको सेवा/ सुविधा बारे छलफल गरिएको फाउन्डेसनका अध्यक्ष मनाेज रामले वताए ।

कार्यक्रममा दलितको सामाजिक न्याय, सामाजिक स्वतन्त्रता, सामाजिक परिवर्तन तथा दलित सशक्तीकरण, राजनीति, शैक्षिक र आर्थिक विषयमा हुनेमा जोड दिएइएकाे थियाे । यसका साथै नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले दलितलाई दिईने सेवा सुविधाको बारे कार्यक्रममा छलफल गरिएको अध्यक्ष रामले जानकारी गराए ।

कार्यक्रमा फाउन्डेेेसनका उपाध्यक्ष चन्द्रकिशोर राम, सदस्य सुरेन्द्र पासवान, कोषाध्यक्ष लिलाकती देवी, सदस्य उदम देवी, दलित अगुवा बालदेव राम, नागेन्द्र पासवान, हाकिम मुसहर, नागिन्द्र पासवान, जयलाल राम, समपतियक देवी मुसहर, सरस्वती देवी मुसहर, इनरदेव राम, श्यामिनाथ राम लगायत दलित दबाब समुहका सदस्यहरुको उपस्थित रहेकोे थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...