Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

परवानीपुरको सातौं गाउँ सभा सम्पन्न

spot_img
spot_img

परवानीपुर । बाराको परवानीपुर गाउँपालिकाको बुधबार सातौं गाउँ सभा परवानीपुरस्थित कृषि अनुसन्धान केन्द्रमा सम्पन्न भएको छ ।

सभालाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष हरि नारायण शाहले २० वर्षमा नभएको काम आफूहरुले ३ वर्षमा गरेर देखाएको दाबी गरे । उनले गाउँपालिकाको विकास हेर्न हरेक वडामा जान आम नागरिकलाई आग्रह गरे । कोरोनाको कारणले गर्दा गाउँपालिकाको विकास निर्माणमा केही कमी भएपनि छुटेका योजनाहरुलाई यस सभाबाट परिपूर्ति गर्ने बताए ।

प्रमुख प्रशासकीय अधिकृत सुनिल कुमार चौरसियाले सबै गाउँपालिकाका प्रतिनिधिहरुसँग मिलेर काम गर्ने प्रतबद्धता व्यक्त गरे । उनले अहिलेको समयलाई बढी भन्दा बढी काम गरेर देखाउने पर्नेमा जोड दिए । साथै उनले कानुनको दायरामा रहेर योजना बनाउन सबै जनप्रतिनिधिसँग आग्रह समेत गरे ।

वडा नं ४ का वडाध्यक्ष गजेन्द्र पटेलले गाउँपालिकाको विकासको लागि सबै मिलेर काम गर्न आवश्यक रहेको बताए । उनले विगतमा भएको कमी कमजोरीहरुलाई बिर्सेर नयाँ ढंगले अगाडि बढ्नेमा जोड दिए ।

सभामा गाउँपालिका उपाध्यक्ष सावित्री देवी, पाँच वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, गाउँपालिका सदस्य, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको उपास्थि रहेको थियो भने कार्यक्रम सञ्चालन रवीन्द्र कुमार मिश्रले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...