Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पत्रकार महासंघ पर्सा शाखामा लगाइएकाे ताला फाेडेर खाेलियाे

spot_img
spot_img

वीरगंज । नेपाल पत्रकार महासंघ पर्सा शाखाकाे कार्यालयमा बुधबार लगाइएकाे ताला फाेडेर खाेलियाे । पत्रकार महासंघकाे सदस्यता नपाएका विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुले लगाएकाे ताला फाेडेर खाेलिएकाे थियाे ।

पत्रकार महासंघ पर्सा शाखाले सदस्ता वितरणमा काखा पाखा गरेकाे भन्दै असन्तुष्ट पत्रकारहरुकाे एक समुहले महासंघ पर्सा शाखाकाे कार्यालयमा तालाबन्दी गरेकाे थियाे । तालाबन्दी भए लगतै महासंघकाे कार्यालय पुगेकाे कार्य समितिका सदस्यहरु र केही अन्य पत्रकाहरुले ताला ताेडेर खाेलेका थिए ।

नजिकिदै गरेको निर्वाचनको मुखमा क्रियाशिल पत्रकारहरुलाई पाखा लगाएर आफ्ना नजिकका नातेदारहरुलाई सदस्यता वितरण गरेको आरोप लगाउँदै उनिहरुले तालाबन्दी गरेका थिए । सदस्यता वितरणमा विभेद गर्नुका साथै सक्रिय पत्रकारहरुको मनोवल गिराई अन्य पेशामा आवद्ध भएकाहरुलाई वितरण गरेको भन्दै विरोधमा उत्रिएका पत्रकारहरुले आपत्ति जनाए । 

ताला ताेडेर कार्यालय खाेलिए लगतै सरकासफाई गरिएकाे फाेटाेहरु पनि सार्वजनिक गरिएकाे थियाे ।

नेपाल पाेष्ट डेलीका अशोक सङ्ग्रौला, यात्रा डेलीका आसु सर्राफ, आजतक दैनिकका विनाेद पटेल, मिरमिरे अनलाइनका दिपक चौरसिया, वीरगंज सिटीका निखिल वर्णवाल, दैनिक वीरगंजका रन्जित चौरसिया, माई टिभीका उमेश दुवे लगायतकाे पत्रकारहरुकाे समुहले तालबन्दी गरेका थिए ।

नयाँ सदस्यताकाे नमावली प्रकाशन भए लगतै मंगलबार पत्रकार महासंघ पर्सा शाखाकाे कार्यसमितिका दुई पदाधिकारीसहितका ४ जनाले पनि संयुक्त रुपमा एक प्रेस विज्ञप्ती जारी गर्दै विराेध जनाएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...