Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

लिपनीमालमा किशाेर, किशाेरीहरुलाई शैक्षिक सामग्री वितरण

spot_img
spot_img

वीरगंज । बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ लिपनीमालमा संचालित उज्वल किशोरी सम्बाद केन्द्रमा बुधबार एक कार्यक्रमकाे बिच शैक्षिक सामाग्री वितरण गरिएकाे छ ।

किशोरी सम्बाद कार्यक्रमका कार्यालय प्रमुख भिम कुमार राइको अध्यक्षता र परवानीपुर गाउँपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष अनिल कुमार रामको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा साे सामाग्री वितरण गरिएको हाे ।

युरोपियन युनियनको आर्थिक सहयोग र चाइल्ड नेपाल एवम् संरक्षण नेपालको सहकार्यमा नेपाल ग्रामीण पुनर्निर्माण संस्थाद्वारा संचालित किशोरी सम्बाद कार्यक्रम अन्तर्गत २४ जना किशाेर, किशाेरीहरुलाई शैक्षिक सामग्री वितरण गरिएकाे कार्यक्रमका फिल्ड सुपरभाइजर सुनेश्वर प्रसाद साहले बताए ।

शैक्षिक सामाग्री वितरणले दलित, गरिब तथा असाहय बालबालिकाहरुलाई विद्यालयमा निरन्तरता दिने उनले वताए ।

वडा कार्यालय, विद्यालय तथा सम्बाद सहयोग समितिको सिफारिसमा शैक्षिक सामाग्री वितरण गरिएको कार्यालय प्रमुख राइले बताए । बिधालयमा निरन्तरता दिन तथा शिक्षासंग जोडी राख्ने कार्यलाई निरन्तरता दिने उदेश्यले शैक्षिक सामाग्री वितरण गरिएको उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...