Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

लिपनीमालमा किशाेर, किशाेरीहरुलाई शैक्षिक सामग्री वितरण

spot_img
spot_img

वीरगंज । बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ लिपनीमालमा संचालित उज्वल किशोरी सम्बाद केन्द्रमा बुधबार एक कार्यक्रमकाे बिच शैक्षिक सामाग्री वितरण गरिएकाे छ ।

किशोरी सम्बाद कार्यक्रमका कार्यालय प्रमुख भिम कुमार राइको अध्यक्षता र परवानीपुर गाउँपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष अनिल कुमार रामको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा साे सामाग्री वितरण गरिएको हाे ।

युरोपियन युनियनको आर्थिक सहयोग र चाइल्ड नेपाल एवम् संरक्षण नेपालको सहकार्यमा नेपाल ग्रामीण पुनर्निर्माण संस्थाद्वारा संचालित किशोरी सम्बाद कार्यक्रम अन्तर्गत २४ जना किशाेर, किशाेरीहरुलाई शैक्षिक सामग्री वितरण गरिएकाे कार्यक्रमका फिल्ड सुपरभाइजर सुनेश्वर प्रसाद साहले बताए ।

शैक्षिक सामाग्री वितरणले दलित, गरिब तथा असाहय बालबालिकाहरुलाई विद्यालयमा निरन्तरता दिने उनले वताए ।

वडा कार्यालय, विद्यालय तथा सम्बाद सहयोग समितिको सिफारिसमा शैक्षिक सामाग्री वितरण गरिएको कार्यालय प्रमुख राइले बताए । बिधालयमा निरन्तरता दिन तथा शिक्षासंग जोडी राख्ने कार्यलाई निरन्तरता दिने उदेश्यले शैक्षिक सामाग्री वितरण गरिएको उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...