Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

आंग खस्ने समस्या सम्बन्धमा मन्त्री साहलाई ८ बुंदे ध्यानाकर्षण

spot_img
spot_img

वीरगंज । प्रदेश नम्बर २ को महिला अधिकार प्रजन्न स्वास्थ्य तथा आंग खस्ने प्रदेश स्तरिय संजालले मंगलबार प्रदेश २ का समाजिक विकास मंत्री नवलकिशोर साहलाई ध्यानआकर्षण पत्र बुझाएका छन् ।

प्रदेश नं. २ मा रहेका ८ जिल्लामा ३५ प्रतिशतको हाराहरीमा महिलाहरुमा आंग खस्ने समस्या रहेकोले र स्वास्थ्य संस्थामा महिलाहरुको पहुचको कमी, जनचेतनाको कमी रहेकोले प्रदेश सरकार र स्थानिय सरकारको ध्यानआकर्षण गराउनका लागी ८ बुंदे ध्यानआकर्षणपत्र बुझाएको संजालका सदस्य निर्मल साहले बताए ।

प्रदेश सरकारको नितीमा महिला अधिकार प्रजन्न स्वास्थ्य तथा आंग खस्ने बारे सुनिश्चितता गर्नमा समावेश गर्ने, आंग खस्ने समस्याको निशुल्क उपचारको ब्यवस्था गर्ने, रोकथाम र जनचेतनाको बजेट बिनियोजन गर्ने, महिला अधिकार प्रजनन् स्वास्थ्य तथा आंग खस्ने बारे पाठयक्रममा ब्यवस्था गर्नु पर्ने, प्रत्येक गाउँपालिकामा कम्तीमा १ वटा स्नातक तहकाे बिद्यालय ब्यवस्थापन गर्नु पर्ने जस्ता मांग राख्दै ध्यानआकर्षणपत्र बुझाइएकाे संजालका सदस्य बृजमोहन कुश्वाहाले बताए ।

प्रदेशस्तरिय संजालका संयोजक नागेन्द्र दुबेको अगुवाईमा ८ वटा जिल्लाका प्रतिनिधीहरुले ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

ध्यानाकर्षण पत्र बुझदै समाजिक बिकास मंत्री नवलकिशोर साहले पत्रमा उल्लेखित बुंदाहरु क्रमबद्ध नितीमा ल्याउने र उपचारका लागी प्रत्येक जिललामा ब्यवस्थापन मिलाउनुका साथै प्रचारप्रसारका लागी र यसलाई गाउँघरमा जनचेतना फैलाउनका लागी संघसंस्थाको ठुलोभुमिका हुने ब्यवस्था मिलाउन प्रतिबद्धता जनाए ।

ध्यानाकर्षण पत्र बुझ्ने क्रममा प्रदेश अन्तर्गत रहेका सर्लाही जिल्लाबाट प्रदेश सदस्य रहनु भएकी निरा कुमारी साहको बिशेष उपस्थिती रहेको थियो । प्रदेश सदस्य निरा साहले मांग पत्र जायज रहेकोले सभामा जोडदार आवाज उठाउदै महिलाहरुको हकहित संरक्षणका निमित कुनै कसर बाकी नराख्ने बताइन ।

उनले निती, नियम, एेन, कानुनमा ल्याउन सम्मपुर्ण प्रदेश महिला सदस्यहरुलाई गोलबन्द गर्ने पनि बताइन । ध्यानआकर्षणपत्रमा आफनो ध्यान गएको र अब महिलाहरुका लागी गैरसरकारी संस्थाहरुले घरघरमा आवाज बुलन्द गर्दै समस्यालाई सामाधान गर्नमा हाम्राे भुमिका पनि सक्रिय हुने बताईन ।

ध्यानअकर्षणपत्रमा रहेका बुंदा र पृष्णभुमि गैरसकारी संस्था महासंघ नेपाल पर्सा शाखाका अध्यक्ष तथा संजालका सदस्य छठु साहले वाचन गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...