Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

आंग खस्ने समस्या सम्बन्धमा मन्त्री साहलाई ८ बुंदे ध्यानाकर्षण

spot_img
spot_img

वीरगंज । प्रदेश नम्बर २ को महिला अधिकार प्रजन्न स्वास्थ्य तथा आंग खस्ने प्रदेश स्तरिय संजालले मंगलबार प्रदेश २ का समाजिक विकास मंत्री नवलकिशोर साहलाई ध्यानआकर्षण पत्र बुझाएका छन् ।

प्रदेश नं. २ मा रहेका ८ जिल्लामा ३५ प्रतिशतको हाराहरीमा महिलाहरुमा आंग खस्ने समस्या रहेकोले र स्वास्थ्य संस्थामा महिलाहरुको पहुचको कमी, जनचेतनाको कमी रहेकोले प्रदेश सरकार र स्थानिय सरकारको ध्यानआकर्षण गराउनका लागी ८ बुंदे ध्यानआकर्षणपत्र बुझाएको संजालका सदस्य निर्मल साहले बताए ।

प्रदेश सरकारको नितीमा महिला अधिकार प्रजन्न स्वास्थ्य तथा आंग खस्ने बारे सुनिश्चितता गर्नमा समावेश गर्ने, आंग खस्ने समस्याको निशुल्क उपचारको ब्यवस्था गर्ने, रोकथाम र जनचेतनाको बजेट बिनियोजन गर्ने, महिला अधिकार प्रजनन् स्वास्थ्य तथा आंग खस्ने बारे पाठयक्रममा ब्यवस्था गर्नु पर्ने, प्रत्येक गाउँपालिकामा कम्तीमा १ वटा स्नातक तहकाे बिद्यालय ब्यवस्थापन गर्नु पर्ने जस्ता मांग राख्दै ध्यानआकर्षणपत्र बुझाइएकाे संजालका सदस्य बृजमोहन कुश्वाहाले बताए ।

प्रदेशस्तरिय संजालका संयोजक नागेन्द्र दुबेको अगुवाईमा ८ वटा जिल्लाका प्रतिनिधीहरुले ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

ध्यानाकर्षण पत्र बुझदै समाजिक बिकास मंत्री नवलकिशोर साहले पत्रमा उल्लेखित बुंदाहरु क्रमबद्ध नितीमा ल्याउने र उपचारका लागी प्रत्येक जिललामा ब्यवस्थापन मिलाउनुका साथै प्रचारप्रसारका लागी र यसलाई गाउँघरमा जनचेतना फैलाउनका लागी संघसंस्थाको ठुलोभुमिका हुने ब्यवस्था मिलाउन प्रतिबद्धता जनाए ।

ध्यानाकर्षण पत्र बुझ्ने क्रममा प्रदेश अन्तर्गत रहेका सर्लाही जिल्लाबाट प्रदेश सदस्य रहनु भएकी निरा कुमारी साहको बिशेष उपस्थिती रहेको थियो । प्रदेश सदस्य निरा साहले मांग पत्र जायज रहेकोले सभामा जोडदार आवाज उठाउदै महिलाहरुको हकहित संरक्षणका निमित कुनै कसर बाकी नराख्ने बताइन ।

उनले निती, नियम, एेन, कानुनमा ल्याउन सम्मपुर्ण प्रदेश महिला सदस्यहरुलाई गोलबन्द गर्ने पनि बताइन । ध्यानआकर्षणपत्रमा आफनो ध्यान गएको र अब महिलाहरुका लागी गैरसरकारी संस्थाहरुले घरघरमा आवाज बुलन्द गर्दै समस्यालाई सामाधान गर्नमा हाम्राे भुमिका पनि सक्रिय हुने बताईन ।

ध्यानअकर्षणपत्रमा रहेका बुंदा र पृष्णभुमि गैरसकारी संस्था महासंघ नेपाल पर्सा शाखाका अध्यक्ष तथा संजालका सदस्य छठु साहले वाचन गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...