Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

नवदिप एकेडेमीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंजकाे भिस्वास्थित नवदिप एकेडेमीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । प्रभु हस्पिटलको सहकार्यमा सम्पन्न शिविरमा विद्यालयमा अध्ययनर ४ सय विद्यार्थीसँगै अभिभावकको पनि निःशुल्क स्वास्थ्य परिक्षण गरिएको विद्यालयकी प्रधानाध्यापिका सुशिला साहले जानकारी दिइन् ।

प्रभु हस्पिटलका बरिष्ठ मुटु रोग विशेषज्ञ डा. राधा भट्टराई, दन्तरोग विशेषज्ञ डा. अजय आस्थाना, छाला रोग विशेषज्ञ डा. रामाकान्त जैसवाल लगायतले चेकजाँच गरेका थिए ।

सोही अवसरमा कक्षा ६, ७ र ८ मा अध्ययनरत छात्रा र विद्यालयमा कार्यरत महिला शिक्षाहरुलाई स्त्री रोग विशेषज्ञ डा. लक्ष्मी थापाले प्रजनन स्वास्थ्यबारे प्रशिक्षण समेत दिएको प्रधानाध्यापिका साहले जानकारी गराइन ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरी ढुक्क सँग अध्ययन गर्ने वातावरणको निर्माण गर्ने अभिप्रायले अस्पतालसँगको सहकार्यमा शिविरको आयोजना गरिएको संस्थापक समेत रहेकी प्रधानाध्यापिका साहले बताइन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो

काठमाडौँ । नेपाल आयल निगमले भोटेकोशी नदीमा बाढी गएपछि खोज तथा उद्धारमा संलग्न हेलिकप्टरका लागि ४० हजार ८४० लिटर हवाई इन्धन नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१ जनामध्ये आजसम्म २२ जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय...

भोटेकोशी बाढीका चितवन पुगेका २२९ शव जमिनमा गाडिँदै

चितवन । रसुवाको भोटेकोशी बाढीमा परी मृत्यु भएका र बगेर चितवनसम्म पुगेका पहिचान हुन नसकेका शवहरू संक्रमण फैलिन नदिन जमिनमा व्यवस्थापन गरिने भएको छ। जिल्ला...