Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

लैगिंक हिंसा न्युनिकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाल सरकार युनेस्कोको निमित नेपाल राष्ट्रिय आयोगको सचिवालयको सहयोग र महिला अभियान नेपाल नागपोखरी काठमाण्डौको आयोजनामा आइतबार वीरगंजमा जिल्ला स्तरिय लैगिंक हिंसा न्युनिकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन भएको छ ।

जिल्ला समन्वय समिती पर्साको सभाहालमा भएकाे कार्यक्रममा वाेल्ने वक्ताहरुले समाजका नेतृत्वदायी भुमिका खेलिरहेका राजनितीक दल, जनप्रतिनिधी, समाजका अगुवाबाट नै सर्वसाधारण महिला हिंसाको सिकारमा पर्ने गरेको वताए ।

वक्ताहरुले अहिले पनि बालविवाह, दाईजोप्रथा, बहुविवाह, जातीय भेदभाव, महिला, पुरुषको भेदभाव, भ्रुण हत्या तथा पालिकाहरुमा प्रतिनिधित्व गरिरहेका उपाध्यक्ष, उपप्रमुख तथा महिला सदस्यहरु कुनै न कुनै रुपमा हिंसाका सिकार हुने गरेको वताए ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर बिजय सरावगीले अहिले रहेको बिद्धमान हिंसाका घटनाहरु शिक्षाको स्तरलाई बढाउदै, चेतनामुलक रैली, सडक नाटक र आर्थिक उन्नतीका क्रियाकलापहरु ल्याई न्युनिकरण गर्न सक्ने बताए ।

नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीले आ आफ्नाे घरबाट, आफ्ना प्रतिनिधीत्व गर्ने ठाउँबाट पहल गरी, समन्वय र सहकार्य गरी अगाडी बढे हिंसा न्युनिकरण गर्न सकिने बताए ।

संविधान सभा सदस्य एवम् नेकपा एमालेका नेता प्रधुमन चौहानले पहिले भन्दा बर्तमान अवस्थामा हिंसा कम हुने गरेकाे वताए । नेपाल सरकारको प्रतिनिधित्व गरिरहेका नेकपा एमालेका सरकारले नेपाल महिलाहरुलाई हिंसाबाट जोगिनका लागी बिभिन्न कार्यक्रमहरु ल्याएकोले हिंसा न्युनिकरण गर्नमा मदत पुगेकाे उनकाे भनाई थियाे ।

नेकपा माओवादी केन्द्र पर्साका नेता छोटेलाल यादवले जति सुकै मिठा कुरा हामी यहाँ गरे पनि कुनै पार्टीमा र कुनै पनि नेताले महिलालाई प्राथमिकतामा नराखेको वताए । उनले सरकार र पार्टीकाे नेतृत्वमा महिलालाई ठाउँ नदिएका कारण महिला हिंसा बढेकाे आरोप लगाए ।

जसपा पर्साका जिल्ला अध्यक्ष रामनरेश यादवले जनप्रतिनिधी बिहिन अवस्थामा रहेको पारालिगल कमिटीले हिंसालाई रोक्ने ठुल्लो टुलको रुपमा प्रयोग भएकोले त्यस्ता बिधीलाई अपनाउन जोड दिए ।

पटेर्वासुगौली गाउँपालिकाकी उपाध्यक्षले प्रदेश नं. २ मा पुरुषको संख्यमा बृद्धि हुनु मुख्य जड यस प्रदेशमा भ्रुण हत्या बढेको तथ्य प्रमाणित गरेकाे वताइन । पालिकाहरुमा नाम मात्रको उप मेयर र उपाध्यक्ष रहेको वताउदै उनले आक्राेश समेत ब्यक्त गरिन ।

जिल्ला समन्वय समिती पर्साको सभापति नेकमहम्मद अंसारीको अध्यक्षतामा भएकाे अभिमुखिकरण कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव युवराज खडका, समाजसेवी रेखा सिंह लगायतकाले मन्तब्य राखेका थिए ।

कार्यक्रममा महिला अभियान नेपालकी अध्यक्ष यशोदा कार्कीले कार्य पत्र प्रस्तुत गरेकी थिइन । संस्थाले १६ लाखको बजेटमा ९ महिना सम्म पर्साकाे धोबिनी गाउँपालिका र सखुवा प्रसौनि गाउँपालिकामा लैगिंक हिंसा न्युनिकरण सम्बन्धी कार्यक्रम संचालन गर्ने जनाइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७ जना कर्मचारी तथा श्रमिक अहिलेसम्म सम्पर्कविहीन भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,...

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीद्वारा सांसदसँग छलफल

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा आज सङ्घीय सांसदसँग छलफल गर्नुभएको छ...

टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित

काठमाडौँ। अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत भिक्टोरिया सिए–११ सँग नेपाल एक विकेटले पराजित भएको छ । शनिबार सम्पन्न आफ्नो छैटौँ खेलमा नेपालले दिएको १४३...