Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

अश्लिल गीत तथा डिजे साउण्ड बन्द गराउन ज्ञापन

spot_img
spot_img

वीरगंज । अश्लिल गीत तथा डिजे साउण्ड बन्द गराउन कलैया सिटी जेसिजले जिल्ला प्रहरी कार्यालय बारा र कलैया उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।

कलैया सिटी जेसिजका अध्यक्ष शम्भु कुमार गुप्ताकाे नेतृत्वमा गएको एक टोलिले कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव र जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउन कलैया सिटी जेसिजका पूर्व अध्यक्ष धनिलाल साह सोनार, महासचिव पवन कुशवाहा, कानुनी सल्लाहकार सावित्री शर्मा, कार्यकारिणी उपाध्यक्ष विजय गिरी, कोषाध्यक्ष सुबास जयसवाल, उपाध्यक्ष सन्दिप साह, राहुल सर्राफ, सदस्य आदिल अंसारी, रोशन श्रीवास्तव लगायतकाे उपस्थिती रहेको थियो ।

कलैया उपमहानगरपालिकाले यश भन्दा अघि नै बोर्ड बैठकबाट नगरपालिका भित्र अश्लिल गीत तथा डिजे साउण्ड बन्द गर्न निर्णय गरेको थियो । तर त्यसकाे प्रभावकारी कार्यान्वय नभएपछि जेसिसले ज्ञापन पत्र बुझाएकाे हाे ।

महानगरले अटेरि गर्नेकाे समान जफत तथा ५ हजारको जरिवान समेत गर्ने निर्णय गरेकाे नागरिक सम्बाद मंच कलैयाका सद्स्य एवम् अस्लिल गित तथा डिजे बन्द गराउने अभियानका अभियन्ता साजिर मन्सूरले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...