Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

अश्लिल गीत तथा डिजे साउण्ड बन्द गराउन ज्ञापन

spot_img
spot_img

वीरगंज । अश्लिल गीत तथा डिजे साउण्ड बन्द गराउन कलैया सिटी जेसिजले जिल्ला प्रहरी कार्यालय बारा र कलैया उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।

कलैया सिटी जेसिजका अध्यक्ष शम्भु कुमार गुप्ताकाे नेतृत्वमा गएको एक टोलिले कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव र जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउन कलैया सिटी जेसिजका पूर्व अध्यक्ष धनिलाल साह सोनार, महासचिव पवन कुशवाहा, कानुनी सल्लाहकार सावित्री शर्मा, कार्यकारिणी उपाध्यक्ष विजय गिरी, कोषाध्यक्ष सुबास जयसवाल, उपाध्यक्ष सन्दिप साह, राहुल सर्राफ, सदस्य आदिल अंसारी, रोशन श्रीवास्तव लगायतकाे उपस्थिती रहेको थियो ।

कलैया उपमहानगरपालिकाले यश भन्दा अघि नै बोर्ड बैठकबाट नगरपालिका भित्र अश्लिल गीत तथा डिजे साउण्ड बन्द गर्न निर्णय गरेको थियो । तर त्यसकाे प्रभावकारी कार्यान्वय नभएपछि जेसिसले ज्ञापन पत्र बुझाएकाे हाे ।

महानगरले अटेरि गर्नेकाे समान जफत तथा ५ हजारको जरिवान समेत गर्ने निर्णय गरेकाे नागरिक सम्बाद मंच कलैयाका सद्स्य एवम् अस्लिल गित तथा डिजे बन्द गराउने अभियानका अभियन्ता साजिर मन्सूरले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७ जना कर्मचारी तथा श्रमिक अहिलेसम्म सम्पर्कविहीन भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,...

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीद्वारा सांसदसँग छलफल

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा आज सङ्घीय सांसदसँग छलफल गर्नुभएको छ...

टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित

काठमाडौँ। अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत भिक्टोरिया सिए–११ सँग नेपाल एक विकेटले पराजित भएको छ । शनिबार सम्पन्न आफ्नो छैटौँ खेलमा नेपालले दिएको १४३...