Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

तीन दिने ब्यवसायिक तरकारी खेती तालिम सुरु

spot_img
spot_img

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको कृषि शाखाकाे आयोजनामा आइतबारदेखी ३ दिने व्यावसायिक तरकारी खेती तालिम शुरु भएको छ । तालिमको वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले उद्घाटन गरेका थिए ।

तालिमको उदघाटन गर्दै मेयर सरावगीले निम्न आय भएका किसानहरुलाई व्यावसायिक तरकारी खेती गरेर आत्मनिर्भर बनाउन आर्थिक स्तरमा पनि सुधार ल्याउन सकिने बताए । परम्परागत कृषि खेती गर्ने परिपाटीले लागत पनि नउठ्दा किसानहरु निराश हुने गरेको भन्दै उनले व्यावसायिक कृषि खेती गर्ने तरिका जानेमा आम्दानीको स्रोत बढाउन सक्ने र आर्यआर्जनका लागि पनि सहज हुने विश्वास व्यक्त गरे ।

तीन दिन सम्म चल्ने तालिममा कृषि सम्बन्धी आवश्यक ज्ञान र सीप सिकेर त्यसलाई व्यवहारमा लागू गर्न समेत तालिमका सहभागीहरुलाई उनले आग्रह गरेका थिए ।

नेपालका अधिकांश नागकिर कृषिमा नै निर्भर रहेकाले किसानलाई व्यावसायिक तरकारी खेतीमा आकर्षित गर्न तालिमको आयोजना गरिएको बताए । कृषि शाखाकी प्रमुख उर्मिला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महानगरपालिकाकाे स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख अरुण कुमार महतो लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...