Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

फेलोसिप क्रिकेटमा रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिस विजयी

spot_img
spot_img

वीरगञ्ज । रोटरी क्लब अफ वीरगञ्ज र रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसबिच शनिबार फेलोसिप क्रिकेट म्याच प्रतियोगिता सम्पन्न भएको छ ।

वीरगञ्जस्थित ज्ञान्दा एकेडेमीको प्राङ्गणमा भएकाे प्रतियोगितामा रोटरी क्लब अफ वीरगञ्जलाई पराजित गर्दै रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिस विजयी भएको हाे ।

टस जितेर ब्याटिंग रोजेको वीरगञ्ज मेट्रोपोलिसले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै २ सय १८ रनको योगफल तयार पारेको थियो । जवाफमा २ सय १९ रनको लक्ष्य पछ्याएको रोटरी क्लब अफ वीरगञ्ज १४ ओभरमै सबै विकेट गुमाएर १ सय ६८ रनमै समेटिएपछि वीरगंज मेट्राेपाेलिसी विजयी घाेषित भएकाे थियाे ।

प्रतियोगिताको म्यान अफ दी म्याच वीरगञ्ज मेटोपोलिसका रोटरीयन बिनित लोहिया घोषित भए । त्यस्तै बेस्ट ब्याटम्यान रोटरी क्लब अफ वीरगञ्जका रोट्र्याक्टर कन्हैया गुप्ता, बैस्ट फिल्डर रोटरी क्लब अफ वीरगञ्ज मेटोपोलिसका रोटररियन अनिल जैसवाल, बेस्ट बलर रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका रोटरयाक्टर प्रकाश कर्ण घोषित भए ।

रोट्र्याक्ट क्लब अफ वीरगञ्ज, रोटर्याक्लब अफ वीरगञ्ज मेट्रोपोलिस र रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जको समन्वयमा प्रतियोगिता सम्पन्न भएको रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेटोपोलिसका सहसचिब दिपु वर्णवालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...