Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

प्रेस चौतारीबाट महासंघ पर्साकाे अध्यक्षमा तिवारीकाे नाम घाेषणा

spot_img
spot_img

वीरगञ्ज । प्रेस चौतारी नेपाल पर्साले पनि नेपाल पत्रकार महासंघ पर्साकाे अध्यक्षकाे उम्मेदवार घाेषणा गरेकाे छ । चैत २५ गते हुने निर्वाचनकाे लागि चाैतारीले महासंघ पर्साकाे अध्यक्षमा अनुप तिवारीलाई उम्मेदवार बनाउने घाेषण गरेकाे हाे ।

चौतारीले अध्यक्ष पदका लागि उम्मेदवार घोषणा गरेपनि अन्य पदका उम्मेदवारहरुको बारेमा भने कुनै आधिकारिक जानकारी गराएको छैन ।  शनिबार अध्यक्ष पदकाे उम्मेदवारकाे नाम मात्र घोषणा गरिएकाेमा अन्य उम्मेदवारहरुको पनि चाँडै घोषणा गरिने प्रेस चौतारी पर्साका सचिव संजीव मिश्रले जानकारी दिए । 

प्रेस चाैतारी पर्साका अध्यक्ष श्याम बन्जाराकाे अध्यक्षतामा भएकाे राेयल पार्टी प्यालेस वीरगंजमा भएकाे चाैतारीकाे भेलामा प्रेस चौतारी नेपालका केन्द्रीय लेखा समितिका सदस्य  के.सी. लामिछानेले  अध्यक्ष पदमा तिवारीको नाम घोषणा गरेका थिए । 

यस अघि नै प्रेस संगठन पर्सा र प्रेस युनियन पर्साले महासंघ पर्सकाे अध्यक्ष पदकाे उम्मेदवार घाेषण गरिसकेकाे छ । प्रेस संगठनले महासंघ पर्साकाे अध्यक्षमा राघव साह र युनियनले महासंघ पर्साकाे अध्यक्षमा रित्रेश त्रिपाठीकाे नाम अगाडी सारेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७ जना कर्मचारी तथा श्रमिक अहिलेसम्म सम्पर्कविहीन भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,...

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीद्वारा सांसदसँग छलफल

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा आज सङ्घीय सांसदसँग छलफल गर्नुभएको छ...

टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित

काठमाडौँ। अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत भिक्टोरिया सिए–११ सँग नेपाल एक विकेटले पराजित भएको छ । शनिबार सम्पन्न आफ्नो छैटौँ खेलमा नेपालले दिएको १४३...