Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

वीरगंजबाट खैरो हिरोईन सहित १७ बर्षिय बालक पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले खैराे हिराेईन सहित एक बालकलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिकाकाे वडा नं. १३ का १७ बर्षिय बालक रहेका छन् ।

लागु औषध नियन्त्रण ब्युरो बीरगञ्ज पर्साको प्रहरी टोलीले प्राप्त सूचना अनुसार चेकजाँच गर्ने क्रममा बिहिबार ६:३० बजे बीरगञ्ज महानगरपालिकाकाे वडा नं.१४ पावर हाउस चोकस्थितबाट बालकलाई पक्राउ गरेकाे हाे । 

बालकले बोकेको ६ वटा सेतो प्लाष्टिकको पोका भित्र लुकाइछिपाई ल्याएको लागु औषध खैरो हिरोईन ३० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।

पक्राउ परेका बालकमाथी लागु औषध सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी शुक्रबार पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको उनले जानकारी दिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...