Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

वीरगंजबाट खैरो हिरोईन सहित १७ बर्षिय बालक पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले खैराे हिराेईन सहित एक बालकलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिकाकाे वडा नं. १३ का १७ बर्षिय बालक रहेका छन् ।

लागु औषध नियन्त्रण ब्युरो बीरगञ्ज पर्साको प्रहरी टोलीले प्राप्त सूचना अनुसार चेकजाँच गर्ने क्रममा बिहिबार ६:३० बजे बीरगञ्ज महानगरपालिकाकाे वडा नं.१४ पावर हाउस चोकस्थितबाट बालकलाई पक्राउ गरेकाे हाे । 

बालकले बोकेको ६ वटा सेतो प्लाष्टिकको पोका भित्र लुकाइछिपाई ल्याएको लागु औषध खैरो हिरोईन ३० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।

पक्राउ परेका बालकमाथी लागु औषध सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी शुक्रबार पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको उनले जानकारी दिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...