Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

ठाकुर रामकाे क्याम्पस प्रमुखमा डा. चाैरसिया नियुक्त

spot_img
spot_img

वीरगञ्ज । ठाकुरराम बहुमुखी क्याम्पसको प्रमुखमा सह-प्राध्यापक डा. उमेश प्रसाद चौरसिया नियुक्त भएका छन् । 

काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको बिहिबार बसेको बैठकले डा. चौरसियालाई ठाकुरराम बहुमुखी क्याम्पसको प्रमुखमा ४ बर्षकाे लागि नियुक्त गरेको हो । 

क्याम्पस प्रमुख डा. राजदेव कुशवाहको निधनपछि क्याम्पस प्रमुखको पद रिक्त रहेको थियो । निमित्तको भरमा क्याम्पस सञ्चालनमा समस्या आएपछि त्रिवीले डा. चौरसियालाई क्याम्पस प्रमुखमा नियुक्त गरेको जनाइएकाे छ । 

डा. चौरसियाले क्याम्पसलाई व्यवस्थित बनाउँदै पठनपाठनको माहोल बनाउँनु आफ्नो प्रमुख प्राथमिकता रहेको बताए । उनले भने, ‘क्याम्पसको अवस्था हामीसँग लुकेको छैन । अव्यवस्थित क्याम्पसलाई सर्वप्रथम व्यवस्थित बनाएर पठनपाठनको माहोल बनाउँनु मेरो पहिलो प्राथमिकता हुनेछ । त्यसपछि क्रमस गर्नुपर्ने सुधारहरु गर्दै जाने छौँ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार...

आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन, अध्यक्षमा आरिफ शाह

काठमाडौं । आम मुस्लिम मोर्चाले काठमाडौं उपत्यका विशेष कमिटी गठन गरेको छ । मोहम्मद आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । काठमाडौंको...

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका...