Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

छिपहरमाईस्थित ओरिया खोलामा पुलको शिलान्यास

spot_img
spot_img

भिस्वा । पर्साको छिपहरमाई गाउँपालिकास्थित ओरिया खोलामा निर्माण हुने पुलको शुक्रबार शिलान्यास गरिएको छ । 

गाउँपालिकाको वडा न. ३ जयमंगलापुर र  वडा न. ४ तुल्सिवर्वा जोड्ने सडकमा पर्ने ओरिया खोलामा निर्माण हुने पुलको जयमंगलापुरका पुर्व गाविस अध्यक्ष गौरिशंकर साह कानुले शिलान्यास गरेका हुन् । 

पुलको शिलान्यास गर्दै पूर्व अध्यक्ष कानुले ओरिया खोलामा पक्की पुल निर्माण सम्पन्न भएसँगै सो क्षेत्रका स्थानीयहरुलाई आवतजावतमा सहज हुने विश्वास व्यक्त गरे ।

गाउँपालिकाकाे सर्शतकाे ३ करोड २९ लाखको बजेटले पुल निर्माण हुने प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले वताए ।

उक्त पुल निर्माणको ठेक्का नागार्जुन बिनोद साह जेभीले लिएकाे छ । पुल निर्माणकाे लागि २०७७ चैत १ गते सम्झाैता भएकाे  र २०७९ सालको फागुन  मसान्त सम्म सम्पन्न गर्नु पर्ने छ । 

पुल शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष मनाेज कुमार गुप्ता, नेता समसुल हक मियाँ, वडाध्यक्ष बिनोद साह कानु, बालक राउत गद्दी, राजबली राउत अहिर, जिल्ला समन्व समिति पर्साका सदस्य सुवास साह लगायतको उपस्थिती रहेको थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...