Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

छिपहरमाईस्थित ओरिया खोलामा पुलको शिलान्यास

spot_img
spot_img

भिस्वा । पर्साको छिपहरमाई गाउँपालिकास्थित ओरिया खोलामा निर्माण हुने पुलको शुक्रबार शिलान्यास गरिएको छ । 

गाउँपालिकाको वडा न. ३ जयमंगलापुर र  वडा न. ४ तुल्सिवर्वा जोड्ने सडकमा पर्ने ओरिया खोलामा निर्माण हुने पुलको जयमंगलापुरका पुर्व गाविस अध्यक्ष गौरिशंकर साह कानुले शिलान्यास गरेका हुन् । 

पुलको शिलान्यास गर्दै पूर्व अध्यक्ष कानुले ओरिया खोलामा पक्की पुल निर्माण सम्पन्न भएसँगै सो क्षेत्रका स्थानीयहरुलाई आवतजावतमा सहज हुने विश्वास व्यक्त गरे ।

गाउँपालिकाकाे सर्शतकाे ३ करोड २९ लाखको बजेटले पुल निर्माण हुने प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले वताए ।

उक्त पुल निर्माणको ठेक्का नागार्जुन बिनोद साह जेभीले लिएकाे छ । पुल निर्माणकाे लागि २०७७ चैत १ गते सम्झाैता भएकाे  र २०७९ सालको फागुन  मसान्त सम्म सम्पन्न गर्नु पर्ने छ । 

पुल शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष मनाेज कुमार गुप्ता, नेता समसुल हक मियाँ, वडाध्यक्ष बिनोद साह कानु, बालक राउत गद्दी, राजबली राउत अहिर, जिल्ला समन्व समिति पर्साका सदस्य सुवास साह लगायतको उपस्थिती रहेको थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...