Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

नारायणी सिचाई ब्लाक नम्बर २ काे पुरानै समिति निर्विराेध

spot_img
spot_img

वीरगंज । नारायणी सिचाई प्रणाली ब्लाक नम्बर २ मा अध्यक्ष सहित ४ जना पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका छन ।

निर्वाचन समितीको कार्यलय नारायणी सिचाई ब्यवस्थापन कार्यालय बिरगंज पर्साका अनुसार ब्लाक नम्बर २ मा जल उपभोग्ता संस्था समन्वय समितीका कार्यकारणी पदाधिकारीहरुको निर्वाचन सम्बनधी कार्यक्रम प्रकाशन भएकोमा प्रकाशित कार्यक्रम अनुसार ४ वटा पदमा मात्रै ४ जनाको उम्मेदवराी पर्न गएकोले तथा कुनै किसिम्मको दावी बिरोध समेत पर्न नआएकोले अध्यक्ष पदमा कालिकामाई गाउँपालिका वडा नम्बर १ मुडली निवासी कुशमी देवी कलवार, उपाध्यक्षमा पोखरीया नगरपालिका वडा नम्बर ३ बसनपुर फुलवरिया निवासी श्याम सुन्दर चौहान, कोषाध्यक्षमा कालिकामाई गाउँपालिका वडा नम्बर ३ हरिहरपुर निवासी राजकिशोर प्रसाद पटेल र सचिवमा जगरनाथपुर गाउँपालिकाको चिलझपटी निवासी मदन ठाकुर लोहार निर्वाचित भएको ईन्जिनियर सुबोध कुमार कुश्वाहाले जानकारी दिए ।

ब्लाक नम्बर २ को निर्वाचनका लागी कालिकामाई गाउँपालिकाका जनप्रतिनिधीहरु, पोखरीया नगरपालिका वडा नम्बर ३ बसनपुरका जनप्रतिनिधी, पकहामैनपुर गाउँपालिकाको वडा नम्बर ४ लहावरथकरी, वडा नम्बर ५ सबैवठाका जनप्रतिनिधीहरुका साथै बिभिन्न पार्टीका अगुवा तथा नेताहरु ललायीत भएका थिए ।

नारायणी सिचाई डिभिजन नम्बर ५ मा गई होहल्ला मचाउने, सदस्यताका लागी समय अवधी बढाउन कर्मचारीलाई धमकाउने तथा अन्य गतिबिधी गरेको ब्लाक नम्बर २ का पदाधिकारीहरु बताएका छन् ।

निर्वाचनको समय अवधि तोकिए पनि उम्मेदवारी दिने ब्यक्ति कुनै पार्टीमा नमिलेको र उम्मेदवारी दिन नमानेका कारण स्वत पुरानै कार्यसमिती फर्कदा हल्ला मच्चाउनेहरु गाउँ नै छोडी केही दिनका लागी शहरमुखी भएका छन् ।

नारायणी सिचाई प्रणाली ब्लाक नम्बर २ मा जल उपभोग्ता संस्था समन्वय समितीका कार्यकारणी पदाधिकारीहरुमा तत्कालिन संघिय समाजवादी फोरमको बर्चस्व रहेको छ । अध्यक्ष कुश्मी देवी कलवार दिनेश कलवारकी श्रीमती हुन ।

सिचाईको चुनावमा टक्कर दिने उम्ेदवार कुनै पार्टीमा नरहेका कारण हारे पछि लाज लाग्ला भन्ने डरले कालिकामाई गाउँपालिकाका जनप्रतिनिधी सहित अन्य पार्टीका अगुवाहरु डराएर उम्मेदवारी नदिएको र गाउँ छोडी केही बाहिर फरार रहेको स्थानियहरु बताएका छन् ।

ब्लाक नम्बर २ को अध्यक्ष पदमा कालिकामाई गाउँपालिका वडा नम्बर २ का रामनाथ चौरसिया र राजपाबाट कालिकामाई गाउँपालिकाबाट गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार बनेका रणबिर कुश्वाहाको नाम चर्चामा थियो भने कालिकामाई गाउँँपालिका वडा नम्बर १ मुडली निवासी मुन्ना चौहानको नाम चर्चामा रहे पनि उम्मेदवारी दिने समयमा यी उम्मेदवारहरु बिस्तारै हराएका कारण ब्लाक नम्बर २ को निर्वाचन निर्विरोध भएको स्थानिय कृषकहरु बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...