Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

स्थानीय तहका लागि क्षमता विकास कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । शिक्षा विकास तथा समन्वय इकाइ पर्साको आयोजनामा स्थानीय तहका शिक्षाका सरोकारवालाहरुका लागि ५ दिने क्षमता विकास कार्यक्रम शुक्रबार वीरगंजमा सम्पन्न भएको छ ।

पर्सा जिल्लाका १४ वटै स्थानीय तहका शिक्षा शाखा प्रमुख, योजना शाखा प्रमुख र सामाजिक विकास संयोजकको सहभागीता रहेको कार्यक्रममा १० वर्षे नयाँ शिक्षा योजना निर्माण, स्थानीय शिक्षा पाश्र्व चित्र निर्माण, एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली, शिक्षक पेशागत विकास सहयोग, राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको न्यूनतम प्याकेज कार्यान्वयन लगायतका विषयहरुमा सहजीकरण गरिएको थियो ।  

हाेटल डियालाेमा भएकाे कार्यक्रमको सहजीकरण प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका भरत सहनी, योगेन्द्र चापागाई, रामनारायण साह रौनियार र महेश जोशीले गरेका थिए ।

कार्यक्रबाट स्थानीयतहलाई शिक्षा योजना निर्माण, स्थानीय पाश्र्व चित्र निर्माण र शिक्षाका कार्यक्रमहरु सञ्चालन गर्नमा सहयोग पुग्ने कार्यक्रमका सहभागी धर्मराज बहादुर थापा, शम्भू प्रसाद साह र अरविन्दलाल कर्ण लगायतका सहभागीले बताए ।

कार्यक्रमबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख फत्तबहादुर श्रेष्ठ, विन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ता, वीरगंज महानगरपालिका शैक्षिक महाशाखाका प्रमुख अरविन्दलाल कर्ण र प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका क्षेत्रीय प्राविधिक संयोजक भरत सहनीले स्थानीय तहको शिक्षा योजना र पाश्र्व चित्र निर्माणमा सहयोग पुग्ने समापन समारोहमा धारणा राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...