Date
बिहि, भदौ ४, २०८३
Thu, August 20, 2026

भन्सार एजेन्ट महासंघको कोषाध्यक्षमा निर्वाचित कुर्मीलाई सम्मान

spot_img
spot_img

वीरगंज । भन्सार एजेन्ट महासंघ नेपालको काेषाध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका युवा नेता मनाेज राउत कुर्मीलाई सम्मान गरिएकाे छ ।

महासंघकाे १० औं वार्षिक साधारण सभा तथा चौथो महाअधिवेशनबाट निर्विराेध कोषाध्यक्षमा निर्वाचित कुर्मीलाई नेपाली कांग्रेसका निकटका विभिन्न भातृ संगठनका नेताहरुले खादा ओढाई र अविरकाे टिका लगाई सम्मान गरेका हुन् ।

साे अवसरमा नेताहरुले उनका साथै महासंघकाे सम्पूर्ण कार्यसमितिलाई बधाई तथा शुभकामना समेत दिएकाे युथ काङ्ग्रेस नेपाल प्रदेश नं.२ का सदस्य राहुल कुमार गुप्ताले जानकारी दिए ।

सम्मान कार्यक्रममा वि. पी कोइराला युवा नेतृत्व बिकाश मञ्च प्रदेश नं.२ का प्रदेश सम्पर्क बिभाग मनोहर कुमार साह, नेपाली काङ्ग्रेसका युवा नेता धिरज गुप्ता, बाबुनन्द पटेल, युथ काङ्ग्रेस नेपाल प्रदेश न.२ का सदस्य राहुल कुमार गुप्ता लगायतकाे सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालन

बारा । सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालनमा आएको छ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजकाे सहयोगमा स्थापना गरिएको स्वास्थ्य...

चकलेट दिएर फकाई ३ वर्षीया बालिकामाथि जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार...

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...