Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

वडा चेयर पर्सनकाे उपाधी युनाईटेड क्रिकेट क्लबलाई

spot_img
spot_img

वीरगन्ज । रौतहटको मदनपुरमा जारी वडा चेयर पर्सन मैत्रीपुर्ण क्रिकेट प्रतियोगीताको उपाधी युनाईटेड क्रिकेट क्लब पर्साले जितेको छ । युनाईटेड क्रिकेट क्लब पर्सा र बलुवा मदनपुर क्लब रौतहट बिच बिहिबार भएको फाईनल खेलमा युनाईटेड क्रिकेट क्लब पर्साले ६ विकेटले विजयी भएकाे हाे ।

टस जितेर पहिलो व्याटिङ गरेको बलुवा मदनपुर क्लब रौतहटले १९ ओभरमा अल आउट हुदै ९८ रन बनाएको थियो । बलुवा मदनपुर खेलाडीका संजय भांगर २८ बल खेल्दै ५१ बनाएका थिए । भने युनाईटेड क्रिकेट क्लब पर्साका तर्फबाट रसिद खानले चार विकेट लिएका थिए ।

जवाफी खेलमा उत्रेको युनाईटेड क्रिकेट क्लब पर्साले १६ ओभर खेल्दै ६ विकेटको क्षतिमा लक्ष्य भेटाएको हो । युनाईटेड क्रिकेट क्लब पर्साका खेलाडी ईमरान शेख ४०, अफताब हुसेन १७ रनको योगदान गर्दै युनाईटड क्लब पर्साले जिताएका थिए ।

खेलको म्यान अफ दि म्याच युनाईटेड क्रिकेट क्लब पर्साका ईमरान शेख घोषित भएका । म्यान आफ दि सिरिज ७८ रन र १३ विकेट लिएका युनाईटेड क्रिकेट क्लब पर्साका कप्तान नसरुदिन अंसारी भएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...