Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

रिंकी मृत्यु प्रकरण : आराेपित अझै समातिएन, घटना दबाउन प्रयास हुँदै

spot_img
spot_img

वीरगंज । पर्सामा अबैध गर्भपतनको घटनाहरूमा बृद्धि भएको छ । अबैघ गर्भपतन गर्नु र गराउनु अपराध भए पनि पर्सा जिल्लामा यसको औषधि खुला रुपमा बिक्री बितरण भइहेको छ ।

यस कै उदाहरण पात्र घटना हुन् पर्साकाे पोखरिया नगरपालिका वडा नं. ९ चाैकी बेैरियाकी १६ वर्षिय किशोरी रिंकी कुमारी बिनको माघ ३० गते मृत्यु हुनु । रिंकीलाई उनकै प्रेमिका असर्फी यादवले गर्भपतनको औषधि खुवाएको पिडित किशोरीका आमा बुबाको आरोप छ ।

असर्फी यादव एक बर्ष अगाडि बिदेशबाट आएका थिए । मृतक रिंकी र असर्फी यादव दुबै छिमेकी हुन् । गाउँलेहरूका अनुसार दुवै जनाका बिचमा करिव एक बर्षदेखि प्रेम सम्बन्ध थियो ।

मृतक रिंकी कुमारीकी आमाका अनुसार घटना भएकाे राति आमा छोरीसँगै सुतेको थिए । मध्य राति एकासी निन्द्रा खुल्दा ओछ्याउनमा छोरि थिएन । हामिहरु छोरिलाई खोज्न थाल्यौं, केही बेरपछि छोरि आफै घर आईन, छोरि घर आई सकेपछि आमाले छोरीसँगै काँहा गाएकी थिइन भनेर सोध्दा मलाई असर्फी यादवले भेट्नका लागि बोलाएकोले भेट्न गएको बताईन ।

छोरिले त्यस पछि टाउको दुख्दै छ भनेर औषधी मागिन्, तर मैल औषधि खोज्नु पर्छ कता राखिएको छ भन्ने थाहा छैन भनेर भनिन् । केही बेर मैं छोरीको अवस्था झन बिग्रँदै गयो, उनलाई उपचारको लागि पाेखरिया अस्पतालमा ल्याउदै गर्दा बाटो मै मृत्यु भयाे ।

त्यसपछि शव परिक्षणको लागि वीरगंजको नारायणी अस्पताल पठाइयो । अस्पतालका डाक्टरहरूले रिंकीको पेटमा पाँच महिनाको बच्चा रहेको पुष्टि गरिदिए । रिंकुको कपडा फुकाल्दा जिउभरि दाँत काटेको दाग देखिएकाे परिवारजनले बताएका छन् ।

साेही घटना गाउँमा ५/६ लाख रुपैयाँ दिएर पिडित परिवारलाई मेलमिलाप गराउन केही स्थानिय व्यक्तिहरु दबाव दिइरहेकाे बुझिएकाे छ । केही दिन पहिला साेही विषयमा गाउँमा केही व्यक्तिहरु बसेर पन्चायती गरिरहेको सुचनाकाे आधारमा इलाका प्रहरी कार्यालय पाेखरियाले ७ जनालाई नियन्त्रणमा समेत लिएकाे थियाे ।

तर साे पंचायतीमा मृतकका परिवारकाे बुवा नरहेकाले र अर्कै बिषयमा बसेर ति व्यक्तिहरु कुराकानी गरिरहेकाे वताएका कारण पछि छाडिएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरीक्षक दिपक थापाले वताए ।

 आराेपित अझै फरार रहेकाे र उनकाे खाेजि कार्य भइरहेकाे प्रहरी निरीक्षक थापाले वताए । 

उनले भने “मृतककाे डीएनए परिक्षणकाे लागि काठमाडाैं पठाइएकाे छ, रिपाेर्ट अझै आइसकेकाे छैन् । कलडिटेल निकाल्ने काम भइरहेकाे छ । आराेपित फरार छ, हामी खाेजि कार्यमा छाैं, चाँडै नै समातिन्न छ ।”

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले साे घटनाकाे मुद्दा दर्ता भइसकेकाे र अभियुक्तको खोजि कार्य जारी रहेकाे वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...