Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

रिंकी मृत्यु प्रकरण : आराेपित अझै समातिएन, घटना दबाउन प्रयास हुँदै

spot_img
spot_img

वीरगंज । पर्सामा अबैध गर्भपतनको घटनाहरूमा बृद्धि भएको छ । अबैघ गर्भपतन गर्नु र गराउनु अपराध भए पनि पर्सा जिल्लामा यसको औषधि खुला रुपमा बिक्री बितरण भइहेको छ ।

यस कै उदाहरण पात्र घटना हुन् पर्साकाे पोखरिया नगरपालिका वडा नं. ९ चाैकी बेैरियाकी १६ वर्षिय किशोरी रिंकी कुमारी बिनको माघ ३० गते मृत्यु हुनु । रिंकीलाई उनकै प्रेमिका असर्फी यादवले गर्भपतनको औषधि खुवाएको पिडित किशोरीका आमा बुबाको आरोप छ ।

असर्फी यादव एक बर्ष अगाडि बिदेशबाट आएका थिए । मृतक रिंकी र असर्फी यादव दुबै छिमेकी हुन् । गाउँलेहरूका अनुसार दुवै जनाका बिचमा करिव एक बर्षदेखि प्रेम सम्बन्ध थियो ।

मृतक रिंकी कुमारीकी आमाका अनुसार घटना भएकाे राति आमा छोरीसँगै सुतेको थिए । मध्य राति एकासी निन्द्रा खुल्दा ओछ्याउनमा छोरि थिएन । हामिहरु छोरिलाई खोज्न थाल्यौं, केही बेरपछि छोरि आफै घर आईन, छोरि घर आई सकेपछि आमाले छोरीसँगै काँहा गाएकी थिइन भनेर सोध्दा मलाई असर्फी यादवले भेट्नका लागि बोलाएकोले भेट्न गएको बताईन ।

छोरिले त्यस पछि टाउको दुख्दै छ भनेर औषधी मागिन्, तर मैल औषधि खोज्नु पर्छ कता राखिएको छ भन्ने थाहा छैन भनेर भनिन् । केही बेर मैं छोरीको अवस्था झन बिग्रँदै गयो, उनलाई उपचारको लागि पाेखरिया अस्पतालमा ल्याउदै गर्दा बाटो मै मृत्यु भयाे ।

त्यसपछि शव परिक्षणको लागि वीरगंजको नारायणी अस्पताल पठाइयो । अस्पतालका डाक्टरहरूले रिंकीको पेटमा पाँच महिनाको बच्चा रहेको पुष्टि गरिदिए । रिंकुको कपडा फुकाल्दा जिउभरि दाँत काटेको दाग देखिएकाे परिवारजनले बताएका छन् ।

साेही घटना गाउँमा ५/६ लाख रुपैयाँ दिएर पिडित परिवारलाई मेलमिलाप गराउन केही स्थानिय व्यक्तिहरु दबाव दिइरहेकाे बुझिएकाे छ । केही दिन पहिला साेही विषयमा गाउँमा केही व्यक्तिहरु बसेर पन्चायती गरिरहेको सुचनाकाे आधारमा इलाका प्रहरी कार्यालय पाेखरियाले ७ जनालाई नियन्त्रणमा समेत लिएकाे थियाे ।

तर साे पंचायतीमा मृतकका परिवारकाे बुवा नरहेकाले र अर्कै बिषयमा बसेर ति व्यक्तिहरु कुराकानी गरिरहेकाे वताएका कारण पछि छाडिएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरीक्षक दिपक थापाले वताए ।

 आराेपित अझै फरार रहेकाे र उनकाे खाेजि कार्य भइरहेकाे प्रहरी निरीक्षक थापाले वताए । 

उनले भने “मृतककाे डीएनए परिक्षणकाे लागि काठमाडाैं पठाइएकाे छ, रिपाेर्ट अझै आइसकेकाे छैन् । कलडिटेल निकाल्ने काम भइरहेकाे छ । आराेपित फरार छ, हामी खाेजि कार्यमा छाैं, चाँडै नै समातिन्न छ ।”

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले साे घटनाकाे मुद्दा दर्ता भइसकेकाे र अभियुक्तको खोजि कार्य जारी रहेकाे वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...