Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

सिमा नाकाहरु दुई दिन भित्र खाेल्ने उपप्रधानमन्त्रीकाे आश्वासन

spot_img
spot_img

वीरगंज । सिमानाकाहरु दुई दिन भित्र औपचारिक रुपमा खुल्ने उपप्रधानमन्त्री ईश्वर पोखरेलले आश्वासन दिएका छन् ।

कोरोनाका कारण चैत १० गतेदेखि बन्द रहेका वीरगन्ज सहितका अन्तर्राष्ट्रिय स्थल नाकाहरु बिहिबार उच्चस्तरीय केन्द्रीय कोभिड-९ व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बसेर खोल्ने निर्णय गर्ने उपप्रधानमन्त्री पाेखरेलले जानकारी दिएका हुन् । 

यसअघि माघ ११ मा बसेको मन्त्रिपरिषदको बैठकले वीरगन्ज सहित दशेभरका ३० वटा स्थलनाका खोल्ने निर्णय गरेर माघ १५ गते जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरिएको जानकारी गराएको थियो । तर भारतबाट नेपाल प्रवेश गर्ने प्रमुख स्थल नाका वीरगन्जमा भने सरकारको निर्णय हालसम्म पनि कार्यन्यवनमा आएको छैन । 

नाका पुर्ववत अवस्थामा नखुल्दा वीरगन्ज र यस आसपासका होटल र पर्यटन व्यसाय धराशायी भएका छन् । त्यसैले नाका खोल्न माग गर्दै होटल तथा पर्यटन व्यवसायी संघ पर्सा र पर्यटन पत्रकार संघ पर्साले बुधबार सिसिएमसीका संयोजक समेत रहेका उप्रप्रधानमन्त्री ईश्वर पोखरेललाई ज्ञापन पत्र बुझाएको छ । 

बुधबार मन्त्री निवासमै पुगेर दुबै संघले बुझाएको ज्ञापन पत्र बुझ्दै उपप्रधानमन्त्री पोखरेलले बिहीबार अपरान्ह ४ बजे बस्ने सिसिएमसीको बैठकले नाका खोल्ने निर्णय गर्ने आश्वासन दिएको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले जानकारी दिए । पन्तले भने, ‘उपप्रधानमन्त्री ज्युले बिहीबार सिसिएमसिको बैठक बस्ने र बैठकले नाका खोल्ने निर्णय गर्ने आश्वासन दिनु भएको छ, त्यसैले अब नाका पूर्ववत अवस्थामै खुल्छ भन्ने विश्वास गरेका छौं ।’ 

कोरोना भाइरसको संक्रमण बढेको भन्दै गएको वर्ष चैत १० गतेदेखि सरकारले सीमा नाका बन्द गराएको हो । भारत सरकारले आफ्नो तर्फको नाका कात्तिक ६ गतेदेखि नै खोलिसकेको भए पनि नेपाल सरकारले भने वीरगन्ज सहितका नाका अझै पनि औपचारिक रुपमा खोलेको छैन।  

जिल्ला प्रशासन कार्यालय पर्साले चैत २ गते नाका खाेल्नकाे लागि केन्द्रिय काेभिड १९ व्यवस्थापन केन्द्र काठमाडाैंलाई सिफारिस समेत गरिसकेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...