वीरगंज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका- १० का १४ वर्षीय बालक साहिद हुसेन अन्सारीकाे हत्या आराेपमा प्रहरीले ३ जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नं.२३ भलुही टोल बस्ने फेकु मियाँ मंसुरीको छोरा वर्ष २५ को कियामुदीन मंसुरी, सोहीे ठाउँ बस्ने अब्दुला मियाँ हजमाको छोरा वर्ष २१ को अफसान भनिने अमर हुसेन मियाँ हजाम र सोही ठाउँ बस्ने सफिक मिया अंसारीको छोरा वर्ष १९ को आबेदिन मियाँ अंसारी रहेका छन् ।
हत्या गरिएको बालक र पक्राउ परेका तिनै जना साथि रहेकाे प्रहरी अनुसन्धानबाट खुलेकाे छ । प्रहरीका अनुसार हत्या गर्ने योजना मुताविक अभियुक्त अफसान भन्ने अमर हुसेन मियाँ हजामलेगाँजा खान जाऊँ भनि मृतकलाई साथमा लिएर घटना स्थल पुगेका थिए भने आबेदिन मिया अंसारी र कियामुदीन मंसुरी घटनास्थलमा नै पहिलेदेखि रहेको प्रहरी अनुशन्धानले देखाएको छ ।
वालक हराएको अघिल्लो दिन तिनैजना मिलेर मार्ने योजना बनाएको र पारिवारिक तथा जग्गा जमिन संबन्धी विवादका कारण रिसइवी रहेको, आपसी विवाद, झै-झगडा, प्रेम संवन्ध एंव सहज तार्गेट तथा आर्थिक लाभ समेत रहेको बाराका प्रहरी उपरिक्षक दिपेन्द्र शाहिले वताए ।
मृतक र अभियुक्तहरू सबैजना लागू पदार्थ सेवनकर्ता रहेको तथा निजलाई पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक गाैतम मिश्रले वताए ।
फागुन ११ गते हराएकाे बालककाे १७ दिन पछि फागुन २८ गते बिहान गाउँकै एउटा उद्योग नजिक कालो छाईको थुप्रोमा शव फेला परेको थियाे ।









