Date
शुक्र, जेष्ठ २९, २०८३
Fri, June 12, 2026

बहु बिवाह मुद्दाका फरार केशरी पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले फरार प्रतिवादी एक जनालाई पक्राउ गरेकाे छ । प्रहरी चौकी गंजभवानीपुर बाराबाट खटिएको प्रहरी टोलीले बाराकाे करैयामाई गाउँपालिका वडा नं.३ बस्ने दिनेश प्रसाद केशरीलाई पक्राउ गरेकाे हाे ।

बारा जिल्ला अदालत कलैयाको मिति २०७२/०१/०३ गतेको फैसलाले १ वर्ष कैद र रु दस हजार नगद जरीवाना ठहर भई बहु बिवाह मुद्दामा फरार रहेका केशरीलाई प्रहरीले पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

पक्राउ परेका केशरीलाई बारा जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागी कारागार कार्यालय वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता नायब उपरिक्षक गाैतम मिश्रले जानकारी दिए ।

यसैगरी, इलाका प्रहरी कार्यालय सिमराबाराबाट खटिएको प्रहरी टोलीले बारा जितपुरसिमरा उ.म.न.पा.०२ बस्ने रवि कुमार थपलियालाई पक्राउ गरेकाे छ ।

बारा जिल्ला अदालत कलैयाको मिति २०७१/०४/०८ गतेको फैसलाले रू दुई हजार नगद जरीवाना ठहर भई लागू औषध मुद्दामा फरार रहेका उनलाई बारा जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता मिश्रले वताए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजस्थित सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्डविपरीत नदी तथा खोलामा सिधै...

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...