Date
मङ्ल, कार्तिक ४, २०८३
Tue, October 20, 2026

बहु बिवाह मुद्दाका फरार केशरी पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले फरार प्रतिवादी एक जनालाई पक्राउ गरेकाे छ । प्रहरी चौकी गंजभवानीपुर बाराबाट खटिएको प्रहरी टोलीले बाराकाे करैयामाई गाउँपालिका वडा नं.३ बस्ने दिनेश प्रसाद केशरीलाई पक्राउ गरेकाे हाे ।

बारा जिल्ला अदालत कलैयाको मिति २०७२/०१/०३ गतेको फैसलाले १ वर्ष कैद र रु दस हजार नगद जरीवाना ठहर भई बहु बिवाह मुद्दामा फरार रहेका केशरीलाई प्रहरीले पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

पक्राउ परेका केशरीलाई बारा जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागी कारागार कार्यालय वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता नायब उपरिक्षक गाैतम मिश्रले जानकारी दिए ।

यसैगरी, इलाका प्रहरी कार्यालय सिमराबाराबाट खटिएको प्रहरी टोलीले बारा जितपुरसिमरा उ.म.न.पा.०२ बस्ने रवि कुमार थपलियालाई पक्राउ गरेकाे छ ।

बारा जिल्ला अदालत कलैयाको मिति २०७१/०४/०८ गतेको फैसलाले रू दुई हजार नगद जरीवाना ठहर भई लागू औषध मुद्दामा फरार रहेका उनलाई बारा जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता मिश्रले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...