Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेता श्यामकिसोर पटेल माओबादी त्यागेर पुन: कांग्रेसमा फर्के

spot_img
spot_img

वीरगञ्ज । नेकपाका नेता श्यामकिसोर पटेल पुन: नेपाली कांग्रेसमा फर्केका छन् । पर्साकाे धाेबिनी गाउँपालिका वडा नं. ३ हरिरपुर निवासी नेता पटेललाई नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ का सभापती रमेश पाण्डेले मंगलबार एक कार्यक्रमका बिच अबिरकाे टिका र फुलकाे माला लगाई पार्टीमा स्वागत गरेका थिए । 

गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट पटेलकी श्रीमती धाेबिनी गाउँपालिकाकाे उपाध्यक्षमा चुनाव लडेकी थिइन । तर नेपाली कांग्रेसबाट चुनाव लडेका गाउँपालिका अध्यक्षकाे उम्मेदवार चुनाव जिते पनि उपाध्यक्षकाे उम्मेदवार रहेकी उनकी श्रीमती चुनाव हारेपछि पटेल त्यसपछि भएकाे संसदिय निर्वाचनमा माओबादी केन्द्रमा प्रबेश गरेका थिए ।

वीरगंज पानीटंकीस्थित पर्सा क्षेत्र नं. ४ काे सम्पर्क कार्यालमा मंगलबार भएकाे कार्यक्रममा पटेल औपचारिक रुप मै पुन: नेपाली कांग्रेसमा फर्केकाे क्षेत्रिय सचिव श्रीकान्त यादवले वताए ।

साे अवसरमा वाेल्दै पटेलले आफू भट्केर अन्यत्र गएपनि फेरी घर फर्किंदा खुसि लागेकाे वताए । उनले पार्टीले दिने जिम्मेवारी इमान्दारिता पूर्वक निर्वाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । 

पार्टी प्रबेश कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य वशिष्ठ नारायण प्रसाद कुर्मी, बृहस्पती कृष्ण श्रेष्ठ, जिल्ला सदस्य नविन सिंह, क्षेत्रिय सचिव बलिस्टर अहमद, नेता विरेन्द्र महताे केंवट, भुपेन्द्र तिवारी, वासदेव तिवारी, जिवन सापकाेटा, दिपेन्द्र सिंह, इमरान आलम लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...