Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

नेता श्यामकिसोर पटेल माओबादी त्यागेर पुन: कांग्रेसमा फर्के

spot_img
spot_img

वीरगञ्ज । नेकपाका नेता श्यामकिसोर पटेल पुन: नेपाली कांग्रेसमा फर्केका छन् । पर्साकाे धाेबिनी गाउँपालिका वडा नं. ३ हरिरपुर निवासी नेता पटेललाई नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ का सभापती रमेश पाण्डेले मंगलबार एक कार्यक्रमका बिच अबिरकाे टिका र फुलकाे माला लगाई पार्टीमा स्वागत गरेका थिए । 

गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट पटेलकी श्रीमती धाेबिनी गाउँपालिकाकाे उपाध्यक्षमा चुनाव लडेकी थिइन । तर नेपाली कांग्रेसबाट चुनाव लडेका गाउँपालिका अध्यक्षकाे उम्मेदवार चुनाव जिते पनि उपाध्यक्षकाे उम्मेदवार रहेकी उनकी श्रीमती चुनाव हारेपछि पटेल त्यसपछि भएकाे संसदिय निर्वाचनमा माओबादी केन्द्रमा प्रबेश गरेका थिए ।

वीरगंज पानीटंकीस्थित पर्सा क्षेत्र नं. ४ काे सम्पर्क कार्यालमा मंगलबार भएकाे कार्यक्रममा पटेल औपचारिक रुप मै पुन: नेपाली कांग्रेसमा फर्केकाे क्षेत्रिय सचिव श्रीकान्त यादवले वताए ।

साे अवसरमा वाेल्दै पटेलले आफू भट्केर अन्यत्र गएपनि फेरी घर फर्किंदा खुसि लागेकाे वताए । उनले पार्टीले दिने जिम्मेवारी इमान्दारिता पूर्वक निर्वाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । 

पार्टी प्रबेश कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य वशिष्ठ नारायण प्रसाद कुर्मी, बृहस्पती कृष्ण श्रेष्ठ, जिल्ला सदस्य नविन सिंह, क्षेत्रिय सचिव बलिस्टर अहमद, नेता विरेन्द्र महताे केंवट, भुपेन्द्र तिवारी, वासदेव तिवारी, जिवन सापकाेटा, दिपेन्द्र सिंह, इमरान आलम लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...