Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

मेयर रनिङ्ग शिल्ड प्रतियाेगिताकाे क्रिकेट खेलमा विवाद

spot_img
spot_img

वीरगन्ज । वीरगन्जको आदर्शनगर रंगशालामा जारी दोश्रो मेयर रनिङ्ग शिल्ड प्रतियोगितामा विवाद उत्पन्न भएको छ ।प्रतियाेगिता अन्तर्गत भइरहेकाे क्रिकेट खेलमा विवाद उत्पन्न भएकाे हाे ।

वीरगन्जका विभिन्न माध्यमिक विद्यालयहरुकाे सहभागीतामा भइरहेकाे क्रिकेट खेलमा आफुहरुबाट अन्याय भएकाे ओम नेशनल एकडेमीका विद्यार्थीहरुले गुनासाे गरेका छन् ।

आफुहरु क्वाटर फाइनल खेलमा त्रिजुद्ध स्कुलाई हराउदै सेमिफाइनमा प्रबेश गरे पनि आफुहरुलाई सेमिफाइनल नखेलाई हारेकाे त्रिजुद्धलाई खेलाइएकाेले अन्याय भएकाे नेशनल एकेडमीका विद्यार्थीहरुकाे भनाई छ ।  

उनीहरुले त्रिजुद्ध स्कुलका काेच समेत रहेका खेल आयाेजक कमिटीका सदस्य प्रकाश शर्माले त्रिजुद्ध स्कुलाई जिताउने योजना अनुरुप ओम नेशनल एकडेमी विद्यालयलाई असक्षम टिम (डिस क्वालिफाइड) गर्न लगाएको आरोप लगाएका छन् । तर त्रिजुद्ध पनि साउथजाेनसंग सेमिफाइनलमा हारेपछि बाहिरिएकाे छ । 

नियमानुसार १६ वर्षभन्दा मुनिका विद्यार्थीहरुले मात्रै भाग लिन पाउने उक्त खेलमा पहिला जाँचबुझ नगरी त्रिजुद्ध स्कुलका विद्यार्थीसँग क्वार्टर फाइनल जितेपछि उक्त विद्यार्थीहरुको उमेर छानविन गरि टिमलाई नै असक्षम टिम भनेर खेलबाट निकालेर हारेका टिम जित्रुद्ध स्कुलका विद्यार्थीहरुलाई सेमिफाइनल खेलाइएकाे थियाे ।

सेमिफाइनमा साउथजाेनसंग त्रिजुद्ध स्कुल हारेपछि फाइनल खेल मंगलबार साउथजोन र मनोकामना मावि बिच भइरहेकाे छ ।

हारेकाे त्रिजुद्ध स्कुलसंग प्रतियाेगिताकाे उजरी शाखामा नेशनल एकडेमीका खेलाडीहरुमा बढी उमेरकाे खेलाडीहरुकाे सहभागिता रहेकाे उजरी दिन लगाइए पश्चात छानविनको क्रममा क्वार्टर फाइनल जितेका ओम नेशनल एकडेमीका १५ जना विद्यार्थीमध्ये एक जना विद्यार्थीको १६ वर्ष ३ महिना उमेर पाएपछि असक्षम टिम (डिस क्वालिफाइड) गरिएको थियो ।

त्यस पश्चात आफूसँग अन्याय भएको भन्दै विद्यार्थीहरुले अन्य स्कुलका टिममा पनि बढि उमेरका खेलाडी रहेको भनेर छानविन गर्नका लागि निवेदन दिदा कमिटिले लिन नमानेको र इम्पायर नेहाल अहमदले उल्टै हामिलाई दुव्र्यवहार समेत गरेकाे पीडित विद्यार्थीहरुको आरोप छ । उनीहरुका अनुसार सबै टिममा सहभागी विद्यार्थीहरुको उमेर छानविन हुनु पर्छ ।

यसबारे ओमनेशल एकेडमीका विद्यार्थीहरुले पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई पनि जानकारी गराएका छन् ।

प्रमुख जिल्ला अधिकारी तामाङ्गले विद्यार्थीहरुले गुनासो सुन्दै अन्य स्कुलका विद्यार्थीहरुको उमेर पनि छानविन हुने वताए । उनले विद्यार्थीहरुले दिएको निवेदनको आधारमा छानविन हुन्छ, खेलकुद सम्पन्न भएपछि यदि उमेर बढि भेटिए जितेका टिमलाई पनि डिस क्वालिफाइड गर्न सकिने बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...