Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

प्रेस चाैतारीकाे नेतृत्वमा वीरगंज महानगरपालिकासंग सूचना माग

spot_img
spot_img

वीरगंज । पर्सेली संचारकर्मीहरुकाे एक समुहले साेमबार वीरगंज महानगरपालिकाकासंग सूचना माग गरेका छन् । संचारकर्मीहरुले सुचनाको हक प्रयाेग गर्दै महानगरपालिकाको सामाजिक विकास महाशाखाबाट भएका काम कारवाहीको विवरण माग गरेका हुन् ।

प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारीको नेतृत्वकाे संचारकर्मीहरुकाे टाेलीले वीरगंज महानगरपालिकाकाे सुचना अधिकारी अरबिन्दलाल कर्णसँग सूचनाको हक सम्बन्धी ऐन अनुसार सुचना माग गर्दै निवेदन दर्ता गराएका छन् ।

 निवेदन बुझ्दै सूचना अधिकारी कर्णले आफूले माग भएका सुचना र विवरणहरु कानून सम्मत अबिलम्ब उपलब्ध गराउने विश्वास दिलाएकाे प्रेस चाैतारी पर्साका अध्यक्ष तिवारीले वताए ।

निवेदन मार्फत वीरगंज महानगरको विभिन्न वडाहरुमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्ने संस्थाहरुको नाम विवरण, संस्था दर्ता प्रमाण पत्र (कम्पनीको हकमा कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियमावली), प्यान दर्ता प्रमाण पत्र, लेखा परिक्षण प्रतिवेदन, कर चुक्ता प्रमाण पत्र, प्रस्तावना पत्र, वीरगंज महानगरपालिकाद्वारा गरिएको सम्झौता पत्र, सुचिकरण, बिनियोजित रकम लगायत कानूनले स्पष्ट गरेका कागजात, सम्पन्न भइसकेका सार्वजनिक सुनुवाई कार्यक्रमहरुको आर्थिक प्रतिवेदन, बिल भौचर र अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपि माग गरिएको छ ।

त्यसैगरी, आ.व.०७७ श्रावणदेखि हालसम्मको अवधिमा कुन कुन संस्थालाई कुन कुन परियोजना वा प्रयोजनका लागि कार्यक्रमहरु प्रदान वा सम्झौता गरिएका छन् । सो कार्यक्रम र संस्थाहरुको नामावलीसहित कार्यक्रम प्राप्त गरेका संस्थाहरुको दर्ता प्रमाण पत्र (कम्पनीको हकमा कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियमावली), प्यान दर्ता प्रमाण पत्र, लेखापरिक्षण प्रतिवेदन, कर चुक्ता प्रमाण पत्र, प्रस्तावना पत्र, वीरगंज महानगरपालिकाद्वारा गरिएको सम्झौता पत्र लगायत सम्पन्न भइसकेका कार्यक्रमहरुको आर्थिक प्रतिवेदन, बिल भौचर र अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपि माग गरिएको छ ।

यसका साथै वीरगंज महानगरको ३२ वटैवडाहरुको प्रोफाईल प्रयोजनका लागि बृत्त चित्र (डकुमेन्ट्री) निर्माण गर्न कुन संस्थालाई जिम्मा दिइएको वा सम्झौता गरिएको हो सोको प्रस्तावना पत्र, वीरगंज महानगरपालिकाद्वारा गरिएको सम्झौता पत्र लगायत अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपि, पत्रकारिता क्षेत्रसँग सम्बद्ध संघ संस्थाहरुको नाममा विभिन्न कार्यक्रम संचालन वा अनुदानका रुपमा लिइएको रकम र त्यसको प्रगती विवरण लगायत अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपिसमेत माग गरिएको छ ।

सूचना मागकाे लागि वीरगंज महानगर कार्यपालिकाकाे कार्यालयमा इकोनोमिक जर्नालिष्ट एशोसिएसनका राष्ट्रिय अध्यक्ष विजय कुशवाहा, तराई मिडिया एशोसिएसनका अध्यक्ष जितेन्द्र साह, जनता टेलिभिजनका संजीव मिश्रा, कान्तिपुर दैनिकका भूषण यादव, प्रेस मन्च नेपाल पर्साका वरिष्ठ उपाध्यक्ष श्याम कुशवाहा, मध्य नेपाल सन्देशका जियालाल साह, राससका सफल खतिवडा, नेपाल टेलिभिजनका आरोहण साह, आवाज एफ.एम.का राकेश साह लगायतका संचारकर्मीहरु पुगेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाद्र कृष्ण प्रतिपदा : विभिन्न कार्यक्रम गरी देशभर मनाइयो गाईजात्रा

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिनदेखि आठ दिन अर्थात् अष्टमीसम्म मनाइने गाईजात्रा पर्व उपत्यका लगायत देशभरका मुख्य सहरमा दिवङ्गत भएका आफन्तको सम्झनामा...

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७ जना कर्मचारी तथा श्रमिक अहिलेसम्म सम्पर्कविहीन भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,...

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीद्वारा सांसदसँग छलफल

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा आज सङ्घीय सांसदसँग छलफल गर्नुभएको छ...