Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

प्रेस चाैतारीकाे नेतृत्वमा वीरगंज महानगरपालिकासंग सूचना माग

spot_img
spot_img

वीरगंज । पर्सेली संचारकर्मीहरुकाे एक समुहले साेमबार वीरगंज महानगरपालिकाकासंग सूचना माग गरेका छन् । संचारकर्मीहरुले सुचनाको हक प्रयाेग गर्दै महानगरपालिकाको सामाजिक विकास महाशाखाबाट भएका काम कारवाहीको विवरण माग गरेका हुन् ।

प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारीको नेतृत्वकाे संचारकर्मीहरुकाे टाेलीले वीरगंज महानगरपालिकाकाे सुचना अधिकारी अरबिन्दलाल कर्णसँग सूचनाको हक सम्बन्धी ऐन अनुसार सुचना माग गर्दै निवेदन दर्ता गराएका छन् ।

 निवेदन बुझ्दै सूचना अधिकारी कर्णले आफूले माग भएका सुचना र विवरणहरु कानून सम्मत अबिलम्ब उपलब्ध गराउने विश्वास दिलाएकाे प्रेस चाैतारी पर्साका अध्यक्ष तिवारीले वताए ।

निवेदन मार्फत वीरगंज महानगरको विभिन्न वडाहरुमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्ने संस्थाहरुको नाम विवरण, संस्था दर्ता प्रमाण पत्र (कम्पनीको हकमा कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियमावली), प्यान दर्ता प्रमाण पत्र, लेखा परिक्षण प्रतिवेदन, कर चुक्ता प्रमाण पत्र, प्रस्तावना पत्र, वीरगंज महानगरपालिकाद्वारा गरिएको सम्झौता पत्र, सुचिकरण, बिनियोजित रकम लगायत कानूनले स्पष्ट गरेका कागजात, सम्पन्न भइसकेका सार्वजनिक सुनुवाई कार्यक्रमहरुको आर्थिक प्रतिवेदन, बिल भौचर र अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपि माग गरिएको छ ।

त्यसैगरी, आ.व.०७७ श्रावणदेखि हालसम्मको अवधिमा कुन कुन संस्थालाई कुन कुन परियोजना वा प्रयोजनका लागि कार्यक्रमहरु प्रदान वा सम्झौता गरिएका छन् । सो कार्यक्रम र संस्थाहरुको नामावलीसहित कार्यक्रम प्राप्त गरेका संस्थाहरुको दर्ता प्रमाण पत्र (कम्पनीको हकमा कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियमावली), प्यान दर्ता प्रमाण पत्र, लेखापरिक्षण प्रतिवेदन, कर चुक्ता प्रमाण पत्र, प्रस्तावना पत्र, वीरगंज महानगरपालिकाद्वारा गरिएको सम्झौता पत्र लगायत सम्पन्न भइसकेका कार्यक्रमहरुको आर्थिक प्रतिवेदन, बिल भौचर र अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपि माग गरिएको छ ।

यसका साथै वीरगंज महानगरको ३२ वटैवडाहरुको प्रोफाईल प्रयोजनका लागि बृत्त चित्र (डकुमेन्ट्री) निर्माण गर्न कुन संस्थालाई जिम्मा दिइएको वा सम्झौता गरिएको हो सोको प्रस्तावना पत्र, वीरगंज महानगरपालिकाद्वारा गरिएको सम्झौता पत्र लगायत अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपि, पत्रकारिता क्षेत्रसँग सम्बद्ध संघ संस्थाहरुको नाममा विभिन्न कार्यक्रम संचालन वा अनुदानका रुपमा लिइएको रकम र त्यसको प्रगती विवरण लगायत अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपिसमेत माग गरिएको छ ।

सूचना मागकाे लागि वीरगंज महानगर कार्यपालिकाकाे कार्यालयमा इकोनोमिक जर्नालिष्ट एशोसिएसनका राष्ट्रिय अध्यक्ष विजय कुशवाहा, तराई मिडिया एशोसिएसनका अध्यक्ष जितेन्द्र साह, जनता टेलिभिजनका संजीव मिश्रा, कान्तिपुर दैनिकका भूषण यादव, प्रेस मन्च नेपाल पर्साका वरिष्ठ उपाध्यक्ष श्याम कुशवाहा, मध्य नेपाल सन्देशका जियालाल साह, राससका सफल खतिवडा, नेपाल टेलिभिजनका आरोहण साह, आवाज एफ.एम.का राकेश साह लगायतका संचारकर्मीहरु पुगेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...