Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

पर्सागढीमा महिलामाथी छुरा प्रहार, दुई जना पक्राउ

spot_img
spot_img

बीरगन्ज । पर्साको पर्सागढी नगरपालिकामा एक जना महिला धारिलाे हतियार प्रहारले घाइते भएकी छन् । धारिलाे हतियार प्रहारले पर्सागढी नगरपालिका वडा नम्बर ३ पकडिया बडनिहार, मुसहर टोलकी  ४० वर्षीय लक्ष्मिनिया देवी चौधरी घाइते भएकी हुन् ।

आइतबार बिहान ३ बजेको समयमा २-३ जनाको समूहले चौधरीमाथि छुरा प्रहार गरेको वताइएकाे छ । आक्रमणपछि चौधरीले सहयोगका लागि कराएर गुहार लगाएपछि आक्रमणकारीहरु फरार भएका थिए ।

चौधरीको छाती, टाउको र पाखुरालगायत शरीरका विभिन्न भागमा धारिलाे हतियार प्रहारले घाउ भएकाे देखिएकाे छ । उनको अहिले बीरगन्जकाे पानि ट्याङ्कीस्थित एलएस न्यूराे हँस्पिटलमा उपचार भइरहेकाे पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए । 

घटना सम्बन्धमा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाे डिएसपी खनालले वताए । 

उनले भने “हामी दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छाैं, घाइतेकाे उपचार भइरहेकाेले व्यान लिन सकेका छैनाैं । त्यही भएर अहिले केही भन्न सकिदैन् ।” 

घाइते महिला आफ्नो घरमा एक्लै बस्दै आएकी छिन् ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...