Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

रेडक्रस युवा स्वयंसेवक अन्तरक्रिया कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा र केन्द्रिय कार्यालयको संयुक्त आयोजनामा एक दिने रेडक्रस युवा स्वयंसेवक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी जुनियर तथा युवा रेडक्रस विभाग अन्तर्गत युवा सवलीकरण कार्यक्रम अन्तर्गत युथ लिड इनिटियटिभका लागि ८ जना प्राेफेसन युथ भाेलन्टियरहरुलाई दुई भागमा विभाजन गरी देशको पूर्वीे र पश्चिमका केही जिल्लाहरुमा जुनियर तथा युवा संगठन विकास, सडक सुरक्षा, साइबर शिक्षा र साइबर बुलिङ्ग र जलवायु परिवर्तन सम्वन्धी विषयमा सर्कलका पदाधिकारी एवं सदस्यहरुसंग प्रस्तुती, अन्तरक्रिया र सर्भे प्रश्नावलीहरुमा छलफल गरिएको रेडक्रस पर्सा शाखाका सहायक राजन श्रीवास्तवले वताए ।

नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका जुनियर युवा समितिका संयोजक बिनोद गिरीको सभापतित्व र रेडक्रस पर्साका मन्त्री शैलेन्द्र कुमार चौरसियाकाे प्रमुख आतिथ्यतामा भएकाे उद्घाटन कार्यक्रममा रेडक्रस पर्साका कोषाध्यक्ष महन्थ प्रसाद यादव, कन्द्रिय कार्यालयका कृष्णहरि कोइरालाले आ–आफनो मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयका कुसल बसनेतले जुनियर युवा रेडक्रसको संगठन विकास, सृजना अधिकारी सडक सुरक्षा, बिनोद विष्ट साईबर शिक्षा साईबर बुलिङ्ग र रिमा मर्हजनले जलवायु परिवर्तन वारे सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

समापन कार्यक्रमको प्रमुख अतिथी रेडक्रस प्रदेश नं. २ का अध्यक्ष फूलमहम्मद मियाँले रेडक्रस पर्सा र केन्द्रले आयेजना गरेको अन्तरक्रिया कार्यक्रम निकै सराहनिय रहेको साथै रेडक्रस प्रदेशले पनि युवाहरुको बौद्धिक विकासका लागी विभिन्न योजना बनाएको भन्दै सहभागीहरुलाई सशक्त हुनका लागी शुभकामना दिए ।

कार्यक्रममा रेडक्रस पर्साका उपमन्त्री साविर अहम्मद एराज, उपकोषाध्यक्ष दयाशंकर सिह, कलेजका युवा शिवनाथ यादव, भरत शर्मा, सन्दिप श्रीवास्तव, शेष हजरा, दिपिका श्रेष्ठ, आकाश चौरसिया, करण कुमार रौनियार लगायत विभिन्न कलेज एवं विद्यालयका ४७ जना विद्यार्थीहरुकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाद्र कृष्ण प्रतिपदा : विभिन्न कार्यक्रम गरी देशभर मनाइयो गाईजात्रा

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिनदेखि आठ दिन अर्थात् अष्टमीसम्म मनाइने गाईजात्रा पर्व उपत्यका लगायत देशभरका मुख्य सहरमा दिवङ्गत भएका आफन्तको सम्झनामा...

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७ जना कर्मचारी तथा श्रमिक अहिलेसम्म सम्पर्कविहीन भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,...

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीद्वारा सांसदसँग छलफल

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा आज सङ्घीय सांसदसँग छलफल गर्नुभएको छ...