Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

रेडक्रस युवा स्वयंसेवक अन्तरक्रिया कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा र केन्द्रिय कार्यालयको संयुक्त आयोजनामा एक दिने रेडक्रस युवा स्वयंसेवक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी जुनियर तथा युवा रेडक्रस विभाग अन्तर्गत युवा सवलीकरण कार्यक्रम अन्तर्गत युथ लिड इनिटियटिभका लागि ८ जना प्राेफेसन युथ भाेलन्टियरहरुलाई दुई भागमा विभाजन गरी देशको पूर्वीे र पश्चिमका केही जिल्लाहरुमा जुनियर तथा युवा संगठन विकास, सडक सुरक्षा, साइबर शिक्षा र साइबर बुलिङ्ग र जलवायु परिवर्तन सम्वन्धी विषयमा सर्कलका पदाधिकारी एवं सदस्यहरुसंग प्रस्तुती, अन्तरक्रिया र सर्भे प्रश्नावलीहरुमा छलफल गरिएको रेडक्रस पर्सा शाखाका सहायक राजन श्रीवास्तवले वताए ।

नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका जुनियर युवा समितिका संयोजक बिनोद गिरीको सभापतित्व र रेडक्रस पर्साका मन्त्री शैलेन्द्र कुमार चौरसियाकाे प्रमुख आतिथ्यतामा भएकाे उद्घाटन कार्यक्रममा रेडक्रस पर्साका कोषाध्यक्ष महन्थ प्रसाद यादव, कन्द्रिय कार्यालयका कृष्णहरि कोइरालाले आ–आफनो मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयका कुसल बसनेतले जुनियर युवा रेडक्रसको संगठन विकास, सृजना अधिकारी सडक सुरक्षा, बिनोद विष्ट साईबर शिक्षा साईबर बुलिङ्ग र रिमा मर्हजनले जलवायु परिवर्तन वारे सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

समापन कार्यक्रमको प्रमुख अतिथी रेडक्रस प्रदेश नं. २ का अध्यक्ष फूलमहम्मद मियाँले रेडक्रस पर्सा र केन्द्रले आयेजना गरेको अन्तरक्रिया कार्यक्रम निकै सराहनिय रहेको साथै रेडक्रस प्रदेशले पनि युवाहरुको बौद्धिक विकासका लागी विभिन्न योजना बनाएको भन्दै सहभागीहरुलाई सशक्त हुनका लागी शुभकामना दिए ।

कार्यक्रममा रेडक्रस पर्साका उपमन्त्री साविर अहम्मद एराज, उपकोषाध्यक्ष दयाशंकर सिह, कलेजका युवा शिवनाथ यादव, भरत शर्मा, सन्दिप श्रीवास्तव, शेष हजरा, दिपिका श्रेष्ठ, आकाश चौरसिया, करण कुमार रौनियार लगायत विभिन्न कलेज एवं विद्यालयका ४७ जना विद्यार्थीहरुकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...