Date
सोम, असार २२, २०८३
Mon, July 6, 2026

विवाह गर्ने प्रलोभनमापारी जबरजस्ती करणी गर्नेसहित ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज । विवाह गर्ने प्रलोभनमापारी जबरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. ३१ कटगेनवाका २२ बर्षिय अनिल कुशवाहालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

१९ वर्षीय महिलालाई निजको उमेर २० वर्ष पुगेपछि विवाह गर्छुभनी विश्वास दिलाउन २०७६ फाल्गुन १६ गते छेका समेत गरी आफ्नै घरकोठा तथा गाउँघरको एकान्त स्थानमा समेत पटक-पटक करणी गरेकाे र हाल अर्कासंग विवाह समेत गरेकाेले निजलाई जबर्जस्ती करणी कसूरमा कानून बमोजिम कारबाही गरि पाऊँ भनी फागुन २८ गते पीडितको बुवाले दिएको जाहेरीकाे अधारमा कुशवाहालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका कुशवाहा विरुद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतको आदेशले ७ दिन म्याद थप समेत भई अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ

बालिकालाई जबरजस्ती करणी गर्ने एक जनालाई पनि प्रहरीले पक्राउ गरेकाे छ । पर्साकाे सखुवाप्रसौनी गाउँपालिका वडा नं.५ बलुवा टोल निवासी १८ बर्षिय रोशन कुमार यादवलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

१६ बर्षिय वालिकालाई फागुन ८ गते राति १० बजेको समयमा पीडितको घरकोठामा आई विवाह गर्छु भनी ललाइफकाई जबरजस्ती करणी गरी फागुन १३ गते विहान १ बजेको समयमा घर छाडी हिँड्न बाध्य बनाई भारतको गोरखपुर भन्ने ठाउँमा लगी डेरा गरी राखी पटकपटक करणी गरेको र पछि पीडित वालिकाको घर तथा प्रहरीबाट खोजतलास भइरहेको छ भन्ने थाहा पाई निजले पीडितलाई आफ्नो घर जाऊ भनी पठाएको भन्दै फागुन २८ गते पीडितको बुवाले दिएकाे जाहेरीकाे आधारमा यादवलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका राेशनविरूद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतको आदेशले शुक्रबार ७ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रवक्ता खनालले जानकारी दिए ।

जबरजस्ती करणीकाे प्रयास गर्ने पक्राउ

 पटेर्वासुगौली गाउँपालिका वडा नं.४ अकुवाटोलका १९ बर्षिय अविशेक दासलाई प्रहरीले पक्राउ गरेकाे छ ।  

फागुन २५ गते ११:३० बजेको समयमा गहुँखेतमा घाँस काटिरहेकी २१ वर्षीया महिलालाई एक्कासी एक हातलेको मुख थुनी अर्को हातले पछाडि कपालको चुल्ठो समाती जबरजस्ती करणीकाे प्रयास गरेकाे भन्दै पीडित महिलाले फागुन २६ गते दिएकी जाहेरीकाे अधारमा दासलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका दासविरूद्ध जबरजस्ती करणी उद्योग शीर्षकमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतको आदेशले शुक्रबार ७ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद पन्तको आरोप : प्रहरीकै मिलेमतोमा नेपालीलाई क्यासिनो प्रवेश, तस्करी रोक्न पनि असफल

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य (सांसद) हरि पन्तले गृह जिल्ला पर्साको प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठाउँदै क्यासिनोमा नेपालीहरूको गैरकानुनी...

पर्सामा कारबाट १०२ केजीभन्दा बढी गाँजा बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले १०२ केजी ६३८ ग्राम गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । गाँजा ओसारपसारमा प्रयोग गरिएको भारतीय नम्बर प्लेटको कारसमेत...

जगरनाथपुर–३ जमुनियामा नवनिर्मित प्रवेशद्वार उद्घाटन

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका–३, जमुनिया गाउँको प्रवेशस्थलमा निर्माण गरिएको पक्की स्वागत प्रवेशद्वार (गेट) को सोमबार उद्घाटन गरिएको छ । पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति...