Date
आइत, असार २१, २०८३
Sun, July 5, 2026

एचआईभी रोकथाम परियाेजनाकाे समन्वयात्मक बैठक सम्पन्न

spot_img
spot_img

पर्सा । सहयात्री समाज नेपाल पर्साद्वारा संचालित एचआईभी रोकथाम सहयोग हेरचाह तथा उपचार परियोजनाको सरोकारवालासंगकाे समन्वयात्मक बैठक शुक्रबार सम्पन्न भएकाे छ ।

बैठकमा सहयात्री समाजकी कार्यक्रम प्रमुख समता बमले आर्थिक बर्ष २०७७।०७८ को प्रगतीको बारेमा प्रस्तुत गर्दै सहयात्री लक्ष्य भन्दा दुई जना बढी संक्रमित भेटिएकाे बताइन ।

उनले संस्थाकाे लक्ष्य २४  जना रहे पनि २६ जना एचआइभी संक्रमित पता लगाई उपलब्धीमुलक काम गरेको वताइन । उनका अनुसार यौनिक तथा लैगिंक समुदाय, समलिंगी र तेस्राे लिङ्गी लक्षित कार्यक्रममा २ सय ७ जनाले एआरटी खादै गरेका छन् । ५२ जनाको लक्ष्य रहेको यस बर्षमा २८ जना खाएका छन भने २ जनाको मृत्यु भएको छ ।

पुरानो र नयाँ गरी २ सय ७ जना एआरटी खाएको र फिल्डमा काम गर्दा शिक्षा दिने क्रममा, संक्रमीत, जोखीम र पाउन चाहनेहरुलाई २२ हजार ३ सय ७३ वटा कण्डम र २० हजार ५ सय ३८ जनालाई लुब्रिकेन्ट बितरण गरेको बताईन ।

एचआईभीको जोखिम रहेको र निगेटिभ पार्टनरसंग सम्बनध राख्ने खाले २५ जनाले एआरभी समेत खाईरहेको बमले बताईन । आर्थिक बर्ष २०७७।०७८ मा ६४ जना लक्ष्य रहेकोमा हाल २५ जनाले खादै गरेको जानकारी गराइन ।

प्रमुख बमले पर्साको १४ वटा पालिकामा कार्यक्षेत्र रहेको सहयात्री समाजको १० जना कर्मचारी रहेकोले जिल्ला भरी काम गर्दा कर्मचारी संख्या कमीका कारण समस्या भोग्नु परेको गुनासाे गरिन । उनले लुकेछुपेका संक्रमणमा परेकाहरुलाई उपचारको लागी खुलाउनु अति नै चुनौती रहेको र आएकाहरुलाई सपोर्ट गर्न पनि अति नै समस्या रहेको वताइन ।

अति गरीब, गरीब, बिपन्न भएका संक्रमितहरु बिरामी परेको बेला उपचार गर्न सक्ने क्षमता नरहेकोले पालिकाले सहयोग गर्न आवश्यक देखिएको छ ।

बमका अनुसार अन्य क्षेत्रको सहयोग बिना एचआईभी संक्रमणमा परेकाहरु मध्ये उपचार गराउदा गराउदा पर्साका २ र बाराका १ जना गरी ३ जनाको यो आर्थिक बर्षमा मृत्यु समेत भएकाे छ ।

यस बर्षको पालिकाहरुको योजनातर्जुमामा आफुहरुले एचआईभी संक्रमितहरुका लागी बजेट राख्न समेत आग्रह गर्ने बताईन ।

सहयात्री समाज वीरगंजकाे सभाहालमा भएकाे बैठकमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कामेश्वर चौरसिया, गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, नारायणी अस्पतालका एआरटी प्रमुख सरिता श्रेष्ठ, बिरगंज महानगरपालिकाका पब्लिक हेल्थ निरिक्षक सुमनचन्द्र ठाकुर, श्रीपुर वडा प्रहरीका प्रमुख दिपक कुमार साह, माईती नेपालकी पुजा शाही र बिजामकी उषाकिरण चौधरी लगायतको सहभागीता रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपा वीरगंज महानगर समितिको सदस्यमा महसिन राजा मनोनित

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगंज महानगर समितिको सदस्यमा महसिन राजा मनोनित भएका छन् । वीरगंज महानगर समितिका सभापति दीपराज पटेलले उनलाई महानगर कार्यसमितिको...

ई–स्कुटर आगलागी प्रकरण : प्रशासनले बाेलाउँदा पनि आएन कुशवाहा मोटर्स

वीरगंज । कुशवाहा मोटर्स वीरगंजले जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनसमेत बेवास्ता गरेको आरोप लागेको छ । केही दिनअघि कुशवाहा मोटर्सबाट खरिद गरिएको एउटा ई–स्कुटरमा...

वीरगंज–३ मा रक्तदान कार्यक्रम, एक महिलासहित २२ जनाले गरे रक्तदान

वीरगंज । अत्यधिक गर्मीका कारण अस्पतालहरूमा रगतको माग बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै वीरगंज महानगरपालिका–३ को आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। वडा नं....