Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

पकहा मैनपुरको धोबियाटोलामा अबैध रुपमा घरेलु मदिरा भठ्ठी संचालनमा

spot_img
spot_img

भिस्वा । पर्साको पकहा मैनपुर गाउँपालिका वडा नं. ४ धोविया टोलमा अबैध रुपमा घरेलु मदिरा भठ्ठी सञ्चालनमा रहेको पाईएको छ । खेस्राहा प्रहरी चौकीको मातहतमा पर्ने सो क्षेत्रमा अबैध रुपमा मदिरा भठ्ठी संचालन भईरहेको स्थानीयहरुले बताएका छन् ।

सो ठाउँमा मदिरा भठ्ठी संचालन गरे वापत प्रहरी चौकी खेस्राहाले महिनवारी समेत बुझ्ने गरेको स्थानीयहरुको भनाई छ । स्थानीयका अनुसार सीमा क्षेत्रमा संचालन रहेको भठ्ठीबाट भारततर्फ पनि घरेलु मदिरा स्थानीय प्रहरीकै मिलेमतोमा तस्करी भईरहेको छ । सोही भठ्ठीबाट सिमा क्षेत्रमा संचालन रहेको मासु नास्ता पसलमा घरेलु मदिरा सप्लाई हुने गरेको छ ।

भारतको बिहार सरकारले मदिरा बिक्रि वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाएका कारण सिमावर्ती भारतीय गाउँका व्यक्तिहरु सजिलै नेपाल प्रवेश गरी सिमा क्षेत्रमा संचालनमा रहेको नास्ता पसलहरुमा घरेलु मदिरा सेवन गर्ने गरेका छन् । पर्सा प्रहरीले घरेलु मदिरा नियन्त्रणको लागि अभियान नै संचालन गरेपनि सो क्षेत्रमा संचालन रहेको मदिार भठ्ठीमा ध्यान पुग्न सकेको छैन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...