Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

पकहा मैनपुरको धोबियाटोलामा अबैध रुपमा घरेलु मदिरा भठ्ठी संचालनमा

spot_img
spot_img

भिस्वा । पर्साको पकहा मैनपुर गाउँपालिका वडा नं. ४ धोविया टोलमा अबैध रुपमा घरेलु मदिरा भठ्ठी सञ्चालनमा रहेको पाईएको छ । खेस्राहा प्रहरी चौकीको मातहतमा पर्ने सो क्षेत्रमा अबैध रुपमा मदिरा भठ्ठी संचालन भईरहेको स्थानीयहरुले बताएका छन् ।

सो ठाउँमा मदिरा भठ्ठी संचालन गरे वापत प्रहरी चौकी खेस्राहाले महिनवारी समेत बुझ्ने गरेको स्थानीयहरुको भनाई छ । स्थानीयका अनुसार सीमा क्षेत्रमा संचालन रहेको भठ्ठीबाट भारततर्फ पनि घरेलु मदिरा स्थानीय प्रहरीकै मिलेमतोमा तस्करी भईरहेको छ । सोही भठ्ठीबाट सिमा क्षेत्रमा संचालन रहेको मासु नास्ता पसलमा घरेलु मदिरा सप्लाई हुने गरेको छ ।

भारतको बिहार सरकारले मदिरा बिक्रि वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाएका कारण सिमावर्ती भारतीय गाउँका व्यक्तिहरु सजिलै नेपाल प्रवेश गरी सिमा क्षेत्रमा संचालनमा रहेको नास्ता पसलहरुमा घरेलु मदिरा सेवन गर्ने गरेका छन् । पर्सा प्रहरीले घरेलु मदिरा नियन्त्रणको लागि अभियान नै संचालन गरेपनि सो क्षेत्रमा संचालन रहेको मदिार भठ्ठीमा ध्यान पुग्न सकेको छैन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...