Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

टाटा कम्पनीका पा“च प्रकारका गाडीहरु सार्वजनिक

spot_img
spot_img

वीरगंज ।  वीरगन्जमा टाटा कम्पनीका विभिन्न पाँच प्रकारका गाडी लन्चिङ्ग (सार्वजनिक) गरिएको छ । वीरगन्जको पावरहाउस चोक स्थित संचालित प्राइम अटो टे«टर्समा आयोजित एक कार्यक्रमबीच टाटा कम्पनीका नेक्सन, टियागो, एच. ५, टिगोर एवं बि.एस.सिक्स गाडीहरु लन्चिङ्ग (सार्वजनिक) गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि अतिथि वीरगन्ज पब्लिक कलेजका निर्देशक डा. दिपक शाक्य र टाटा कम्पनीका नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी कम्पनी लिमिटेड काठमाडौंका टि.भि.बि.यू. का हेडअफ डिपार्टमेन्ट प्रमुख सावन्थजँग पिजापतिले संयुक्त रुपमा टाटा कम्पनीको विभिन्न ५ प्रकारका गाडीहरुलाई लन्चिङ्ग (सार्वजनिक) गरेका थिए ।

कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै प्राइम अटो टे«डर्सका प्रवन्ध निर्देशक सचिन गुप्ताले सार्वजनिक गरिएका यस कम्पनीका गाडीहरुको विशेषताको बारेमा जानकारी गराएका थिए । उनका अनुसार सार्वजनिक गरिएका यस कम्पनीका गाडीहरु सेफ्टी (सुरक्षा) राम्रो तथा ग्राउण्ड क्लियरेन्स बढि भएको तथा माइलेज बढि दिने यस गाडीको मुख्य विशेषता रहेको प्रवन्धक सचिन गुप्ता कानुले जानकारी दिए । उनले यस गाडीहरुको विशेषता यति मात्र नभई वातावरण प्रदुषण नियन्त्रण, मनमोहक डिजाइन समेत रहेको बताए ।

प्रबन्धक कानुले मूल्यको बारेमा जानकारी दिदै टाटा कम्पनीको नेक्सन गाडीको मूल्य ४३ लाख ५५ हजारदेखि ४९ लाख ९५ सम्म रहेको छ भने टियागो गाडीको मूल्य २८ लाखदेखि ३४ लाखसम्म रहेको छ । टाटा टिगोरको मूल्य ३२ लाख ५० हजारदेखि शुरुवाती मुल्य रहेको छ भने टाटा एच. ५ को ८४ लाख ९९ हजारदेखि शुरुवात मूल्य रहेको गुप्ताको भनाई छ । कार्यक्रममा प्राइम अटो टे«डर्सका एम.डि. सुबोध सापकोटा, उद्योगी व्यावसायी, बैंक तथा इन्स्युरेन्स कम्पनीका प्रतिनिधि एवं सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...