Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

टाटा कम्पनीका पा“च प्रकारका गाडीहरु सार्वजनिक

spot_img
spot_img

वीरगंज ।  वीरगन्जमा टाटा कम्पनीका विभिन्न पाँच प्रकारका गाडी लन्चिङ्ग (सार्वजनिक) गरिएको छ । वीरगन्जको पावरहाउस चोक स्थित संचालित प्राइम अटो टे«टर्समा आयोजित एक कार्यक्रमबीच टाटा कम्पनीका नेक्सन, टियागो, एच. ५, टिगोर एवं बि.एस.सिक्स गाडीहरु लन्चिङ्ग (सार्वजनिक) गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि अतिथि वीरगन्ज पब्लिक कलेजका निर्देशक डा. दिपक शाक्य र टाटा कम्पनीका नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी कम्पनी लिमिटेड काठमाडौंका टि.भि.बि.यू. का हेडअफ डिपार्टमेन्ट प्रमुख सावन्थजँग पिजापतिले संयुक्त रुपमा टाटा कम्पनीको विभिन्न ५ प्रकारका गाडीहरुलाई लन्चिङ्ग (सार्वजनिक) गरेका थिए ।

कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै प्राइम अटो टे«डर्सका प्रवन्ध निर्देशक सचिन गुप्ताले सार्वजनिक गरिएका यस कम्पनीका गाडीहरुको विशेषताको बारेमा जानकारी गराएका थिए । उनका अनुसार सार्वजनिक गरिएका यस कम्पनीका गाडीहरु सेफ्टी (सुरक्षा) राम्रो तथा ग्राउण्ड क्लियरेन्स बढि भएको तथा माइलेज बढि दिने यस गाडीको मुख्य विशेषता रहेको प्रवन्धक सचिन गुप्ता कानुले जानकारी दिए । उनले यस गाडीहरुको विशेषता यति मात्र नभई वातावरण प्रदुषण नियन्त्रण, मनमोहक डिजाइन समेत रहेको बताए ।

प्रबन्धक कानुले मूल्यको बारेमा जानकारी दिदै टाटा कम्पनीको नेक्सन गाडीको मूल्य ४३ लाख ५५ हजारदेखि ४९ लाख ९५ सम्म रहेको छ भने टियागो गाडीको मूल्य २८ लाखदेखि ३४ लाखसम्म रहेको छ । टाटा टिगोरको मूल्य ३२ लाख ५० हजारदेखि शुरुवाती मुल्य रहेको छ भने टाटा एच. ५ को ८४ लाख ९९ हजारदेखि शुरुवात मूल्य रहेको गुप्ताको भनाई छ । कार्यक्रममा प्राइम अटो टे«डर्सका एम.डि. सुबोध सापकोटा, उद्योगी व्यावसायी, बैंक तथा इन्स्युरेन्स कम्पनीका प्रतिनिधि एवं सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...