Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पताैरामा सुरु भएकाे मधानी महायज्ञ (फाेटाेफिचर सहित)

spot_img
spot_img

वीरगंज । रौतहटको मौलापुर नगरपालिका वडा नं. ५ पताैरामा बिहीबारदेखी दोस्रो मधानी महायज्ञ सुरु भएको छ । मौलापुर नगरपालिकाद्वारा आयोजित महायज्ञको नेपाल सरकारका उप–प्रधानमन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल–भारत सीमा नाकामा सरकारले चाँडै सवारी साधनको आउजाउको व्यवस्था मिलाउने बताए । पैदलयात्रीका लागि मात्रै केही सहज रहेको सीमा नाका अब पूर्ववत् रुपमा खुला हुने उनले बताए ।

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण लामो समयदेखि सरकारले सीमा वारपारमा कडाइ गर्दै आइरहेको थियो । उनले सीमा क्षेत्रका जनताले भोग्नु परेको कठिनाइलाई मध्यनजर गर्दै पहिलेकै अवस्थामा नाका सुचारु हुने बताए । उपप्रधानमन्त्री पोखरेलले पतौरा मन्दीरको संरक्षण र प्रबर्द्धनका लागि आवश्यक सबै किसिमको सहयोग गर्न सरकार तयार रहेको बताए ।

मौलापुर नगरपालिकाकी मेयर रिना साहको अ ध्यक्षतामा भएको कार्यक्रममा शहरी विकास प्रभु साह, प्रदेश नं. २ का प्रमुख डा. राजेश झा, बागमति प्रदेशका सभामुख सानु कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली सिनेमाका सुपर स्टार शिव श्रेष्ठ, अभिनेत्री द्वय दिपा श्री निरौला, सञ्चिता लोयटेल, भोजपुरी सिनेमाका सुपरस्टार अक्षरा सिंह, भोजपुरी प्रदिप पाण्डे (चिन्टु), गायक सुनिल पण्डित लगायतका कलाकारले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

पतौरामा जग्गा उत्खनन गर्दा शिवको प्राचीन मूर्ति फेला परेपछि सो स्थानमा मधानी महायज्ञको सुरुवाता गरिएको हो । ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक पर्यटनको प्रचुर संभावना बोकेको मौलापुर स्थित पतौरा पुरातात्विक महादेव मन्दिरप्रति सम्पूर्ण पक्षको गम्भीर ध्यानाकर्षण गराउन तथा यस सम्पदालाई विश्व सम्पदा सुचीमा सुचिकृत गराउन मद्दत पुर्याउने उद्देश्यले सुरुवात गरिएको नगरपालिकाले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...