Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पताैरामा सुरु भएकाे मधानी महायज्ञ (फाेटाेफिचर सहित)

spot_img
spot_img

वीरगंज । रौतहटको मौलापुर नगरपालिका वडा नं. ५ पताैरामा बिहीबारदेखी दोस्रो मधानी महायज्ञ सुरु भएको छ । मौलापुर नगरपालिकाद्वारा आयोजित महायज्ञको नेपाल सरकारका उप–प्रधानमन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल–भारत सीमा नाकामा सरकारले चाँडै सवारी साधनको आउजाउको व्यवस्था मिलाउने बताए । पैदलयात्रीका लागि मात्रै केही सहज रहेको सीमा नाका अब पूर्ववत् रुपमा खुला हुने उनले बताए ।

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण लामो समयदेखि सरकारले सीमा वारपारमा कडाइ गर्दै आइरहेको थियो । उनले सीमा क्षेत्रका जनताले भोग्नु परेको कठिनाइलाई मध्यनजर गर्दै पहिलेकै अवस्थामा नाका सुचारु हुने बताए । उपप्रधानमन्त्री पोखरेलले पतौरा मन्दीरको संरक्षण र प्रबर्द्धनका लागि आवश्यक सबै किसिमको सहयोग गर्न सरकार तयार रहेको बताए ।

मौलापुर नगरपालिकाकी मेयर रिना साहको अ ध्यक्षतामा भएको कार्यक्रममा शहरी विकास प्रभु साह, प्रदेश नं. २ का प्रमुख डा. राजेश झा, बागमति प्रदेशका सभामुख सानु कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली सिनेमाका सुपर स्टार शिव श्रेष्ठ, अभिनेत्री द्वय दिपा श्री निरौला, सञ्चिता लोयटेल, भोजपुरी सिनेमाका सुपरस्टार अक्षरा सिंह, भोजपुरी प्रदिप पाण्डे (चिन्टु), गायक सुनिल पण्डित लगायतका कलाकारले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

पतौरामा जग्गा उत्खनन गर्दा शिवको प्राचीन मूर्ति फेला परेपछि सो स्थानमा मधानी महायज्ञको सुरुवाता गरिएको हो । ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक पर्यटनको प्रचुर संभावना बोकेको मौलापुर स्थित पतौरा पुरातात्विक महादेव मन्दिरप्रति सम्पूर्ण पक्षको गम्भीर ध्यानाकर्षण गराउन तथा यस सम्पदालाई विश्व सम्पदा सुचीमा सुचिकृत गराउन मद्दत पुर्याउने उद्देश्यले सुरुवात गरिएको नगरपालिकाले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...