Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

उद्याेग वाणिज्य सं‌घकाे साधारण सभामा ३ पत्रकार सम्मानित

spot_img
spot_img

वीरगंज । वीरगंज उद्याेग वाणिज्य संघले आफ्नाे ४५ औं वार्षिक साधारण सभाकाे अवसरमा ३ जना पत्रकारलाई प्रशंसा पत्रले सम्मान गरेकाे छ ।

संघले अन्पूर्ण पाेष्ट दैनिकका संवाददाता क्रान्ति साह, राजधानी दैनिकका संवाददाता तुलसी भण्डारी र गाेरपत्र दैनिकका संवाददाता कन्हैयालाल केशरीलाई प्रशंसा पत्रले सम्मान गरेकाे हाे ।

विगत एक दशक देखी पत्रकारित पेशामा आवद्ध रही तिनै जनाले अविच्छिन रुपमा पर्सा जिल्लाकाे राजनितिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, आर्थिक, पर्यटन लगायतकाे क्षेत्रहरुसंग सम्बन्धित समाचार लेखेर जिल्लाकाे विकासकाे लागि भूमिका तथा स्थानिय उद्याेग व्यापारकाे संरक्षण, सम्बर्द्धन तथा विकासमा याेगदान पुर्याएकाेमा सम्मान गरिएकाे संघका महासचिव माधव राजपालले वताए ।

संघका अध्यक्ष गाेपाल केडियाकाे अध्यक्षतामा भिस्वा हाेटमा भएकाे साधारण सभा उद्घाटन समाराेहमा कार्यक्रमका प्रमुख अतिथी नेपाल उद्याेग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले फुलकाे माला र दाेसल्ला ओढाएर प्रशंसा पत्रले सम्मान गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...