Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

उद्याेग वाणिज्य सं‌घकाे साधारण सभामा ३ पत्रकार सम्मानित

spot_img
spot_img

वीरगंज । वीरगंज उद्याेग वाणिज्य संघले आफ्नाे ४५ औं वार्षिक साधारण सभाकाे अवसरमा ३ जना पत्रकारलाई प्रशंसा पत्रले सम्मान गरेकाे छ ।

संघले अन्पूर्ण पाेष्ट दैनिकका संवाददाता क्रान्ति साह, राजधानी दैनिकका संवाददाता तुलसी भण्डारी र गाेरपत्र दैनिकका संवाददाता कन्हैयालाल केशरीलाई प्रशंसा पत्रले सम्मान गरेकाे हाे ।

विगत एक दशक देखी पत्रकारित पेशामा आवद्ध रही तिनै जनाले अविच्छिन रुपमा पर्सा जिल्लाकाे राजनितिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, आर्थिक, पर्यटन लगायतकाे क्षेत्रहरुसंग सम्बन्धित समाचार लेखेर जिल्लाकाे विकासकाे लागि भूमिका तथा स्थानिय उद्याेग व्यापारकाे संरक्षण, सम्बर्द्धन तथा विकासमा याेगदान पुर्याएकाेमा सम्मान गरिएकाे संघका महासचिव माधव राजपालले वताए ।

संघका अध्यक्ष गाेपाल केडियाकाे अध्यक्षतामा भिस्वा हाेटमा भएकाे साधारण सभा उद्घाटन समाराेहमा कार्यक्रमका प्रमुख अतिथी नेपाल उद्याेग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले फुलकाे माला र दाेसल्ला ओढाएर प्रशंसा पत्रले सम्मान गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाद्र कृष्ण प्रतिपदा : विभिन्न कार्यक्रम गरी देशभर मनाइयो गाईजात्रा

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिनदेखि आठ दिन अर्थात् अष्टमीसम्म मनाइने गाईजात्रा पर्व उपत्यका लगायत देशभरका मुख्य सहरमा दिवङ्गत भएका आफन्तको सम्झनामा...

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७ जना कर्मचारी तथा श्रमिक अहिलेसम्म सम्पर्कविहीन भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,...

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीद्वारा सांसदसँग छलफल

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा आज सङ्घीय सांसदसँग छलफल गर्नुभएको छ...