Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

ताजा जनादेश मै मुलुक जान्छ : उपप्रधानमन्त्री पाेखरेल

spot_img
spot_img

वीरगंज । नेकपा एमालेका महासचिव एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुलुक ताजा जनादेशमा मै जाने बताएका छन् । प्रेस संगठन पर्साले बिहिबार वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलमा बाेल्दै उप्रधानमन्त्री पाेखरेलले दुई दिन ढिलाे भए पनि मुलुक ताजा जनादेश मै जाने वताए ।

उनले भने ” पुनर्स्थापनापछि संसद् स्वाभाविक नियम प्रक्रिया अनुसार चल्न नसके मुलुक ताजा जनादेश मै जान्छ । त्यसकाे लागि हामी सबै त्यार बस्नु पर्छ ।” 

पोखरेलले फागुन २३ को सर्वोच्च अदालतको निर्णयपछि नेकपा एमाले र नेकपा माओबादी केन्द्र ०७५ जेठ २ गतेको अवस्थामा पुगेकाे वताए । उनले भने “नेकपा एमाले अब २०७५ जेठ २ गतेकाे अवस्थामा मै पुगेकाे र त्यस अनुसार नै अगाडी बढ्छ । तर त्यसमा केही परिवर्तन हुन्छ ।” माओेबादी केन्द्रबाट आएकाहरुकाे सम्मानजन ढंगले व्यस्थापन गरिने उनकाे भनाई थियाे ।  

अब सरकार र एमाले पार्टीको एउटै उद्देश्य मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्ने र यसलाई नै केन्द्रमा राखेर सरकार र एमाले अगाडि बढ्ने पोखरेलले बताए । सरकारले नेतृत्व गरेको दल नेकपा एमाले पुनर्जीवित भएकाले सबै वामपन्थी शक्तिहरूलाई समेट्दै अगाडि बढ्ने पनि पोखरेलले दाबी गरे ।

प्रेस संगठ पर्साका अध्यक्ष श्याम बन्जाराकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा नेकपा प्रदेश नं. २ का सचिव सुमन प्याकुरेल, संविधान सभा सदस्य राजकुमार गुप्ता, जय प्रकाश थारु, प्रधुमन चौहान, नेकपाका केन्द्रीय सदस्य निर्मला देवकोटा, नेता बसरुदिन अन्सारी, अच्युत मैनाली, विश्वभर शर्मा, नेकपा पर्साका अध्यक्ष प्रभु हजारा, प्रेस संगठन प्रदेश नं. २ का इन्चार्ज लाल बाबु शेख, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष केसी लामिछाने, पत्रकार महेश दास, नारायणी अस्पताल वीरगंजका अध्यक्ष पुरेन्द्र किशोर लाभ लगायतकाे उपस्थिती रहेकाे थियाे ।  

हाेटल भिस्वामा भएकाे पत्रकार सम्मेलनकाे संचालन प्रेस संगठनका सह संयाेजक अनुप तिवारीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...