Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

शिवरात्रीकाे अवसरमा पाेखरियामा सरसफाई

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरियामा बुधबार बृहत सरसफाई कार्यक्रम सम्पन्न भएकाे छ । महाशिवरात्रीकाे अवसरमा सरसफाई कार्यक्रम सम्पन्न भएकाे हाे ।

पोखरिया युवा क्लबकाे आयाेजनामा भएकाे कार्यक्रम अन्तर्गत पोखरिया नगरपालिका वडा नं ४ पाेखरिया बजारस्थित शिव मन्दिर र विभिन्न चाैकहरु सरसफाई गरिएकाे क्लबका सह सचिव निरन्जन क्षेत्रीले जानकारी दिए ।

क्लबका अध्यक्ष अफरोज आलमको सभापतित्वमा भएकाे कार्यक्रममा पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार, उपमेयर सलमा खातुन, संबिधान सभा सदस्य प्रधुमन चौहान, रामेश्वर रौनियार, जसपाका नेता नेजामुदिन सम्मानी, वाडध्यक्ष लक्षमण साह, रामबाबु चौहान, ईलाका प्रहरी कार्यलय पोखरियाका प्रहरी निरीक्षक दिपक थापा, सशस्त्र बेस क्याम्प पाेखरियाका प्रहरी निरीक्षक प्रमोद राय, नेवि संघ पाेखरियाका सभापति संतोष महतो, नेता धर्मराज यादव, नौसाद आलम लागतयकाे सहभागिता रहेकाे थियाे ।

पाेखरिया नगरपालिका, नेपाल रेडक्रस साेसाइटी उप शाखा पाेखरिया, मानव कल्याण युवा क्लब पाेखरिया, इलका प्रहरी कार्यालय पाेखरिया र सशस्त्र प्रहरी बेस क्याम्प पाेखरियाकाे सहयाेगमा सरसफाई कार्यक्रम भएकाे मेयर राैनियारका स्वकिय सचिव राजु राैनियारले वताए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाद्र कृष्ण प्रतिपदा : विभिन्न कार्यक्रम गरी देशभर मनाइयो गाईजात्रा

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिनदेखि आठ दिन अर्थात् अष्टमीसम्म मनाइने गाईजात्रा पर्व उपत्यका लगायत देशभरका मुख्य सहरमा दिवङ्गत भएका आफन्तको सम्झनामा...

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७ जना कर्मचारी तथा श्रमिक अहिलेसम्म सम्पर्कविहीन भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,...

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीद्वारा सांसदसँग छलफल

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा आज सङ्घीय सांसदसँग छलफल गर्नुभएको छ...