Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

भारतको उत्तराखण्डका मुख्यमन्त्री रावतद्वारा राजीनामा

spot_img
spot_img

काठमाण्डाै । भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले राज्यपाल बेबी रानी मौर्यलाई आफ्नो राजीनामा बुझाएका हुन् ।

राजीनामा बुझाएपछि उनेले राजीनामा बुझाउने आफ्नो नभइ पार्टीको निर्णय भएको बताएकाे बीबीसी हिन्दीले जनाएको छ । रावतले राजीनामाका विषयमा जानकारी दिन बुधवार  सांसदहरूको बैठक बोलाएका छन् ।

भारतीय जनता पार्टीको तर्फबाट मुख्यमन्त्री बनेका रावत केही दिनदेखि राजीनामाको दबाब बढ्दै गएको थियो । सन् २००० मा गठन भएको उत्तराखण्ड राज्यमा अहिलेसम्म आठ जना मुख्यमन्त्री बनिसकेका छन् । ७० सदस्यको उत्तराखण्डको विधानसभामा अहिले भाजपाका ५६, कांग्रेसका ११ र दुई जना स्वतन्त्र विधायक छन् । एक सिट खाली छ ।

बहुमत भए पनि पार्टीभित्रको असन्तोषका कारण रावतलाई पदबाट राजीनामा गर्न लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भाजपाले मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतका कारण उत्तराखण्डका मानिसमा सरकारप्रतिको धारणा नकारात्मक बनेको आरोप लगाएको छ ।   

उत्तराखण्ड राज्य बनेदेखि नै राजनीतिक अस्थिरता कायम छ, मात्र नारायण दत्त तिवारी नै एक यस्ता मुख्यमन्त्री हुन जसले पाँच वर्षकाे आफ्नाे कार्यकाल पूरा गरेनन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...