Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

नारी दिसवकाे अवसरमा चेतनामूलक सडक नाटक

spot_img
spot_img

वीरगंज । अन्तराष्ट्रिय महिला दिवसकाे अवसरमा साेमबार पर्साकाे जगरनाथपुर र धाेबिनी गाउँपालिकामा बालविवाह र दाईजाेप्रथा सम्बन्धि चेतनामूलक सडक नाटक प्रस्तुत गरिएकाे थियाे ।

भिएसाे नेपाल र दिव्य युवा क्लबकाे साझेदारीमा संचालित किशाेरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रम अन्तर्गत सडक नाटक प्रस्तुत गरिएकाे परियाेजना संयाेजक गणेश ठकुरीले वताए ।

१११ औं अन्तराष्ट्रिय महिला दिवसकाे अवसरमा जगरनाथपुर गाउँपालिकाकाे वडा नं. १ पिपराडीमा र धाेबिनी गाउँपालिकाकाे वडा नं. ४ लंगडीमा सडक नाटक प्रस्तुत गरिएकाे उनले जानकारी दिए ।

परियाेजनाका १५ जना सानी बहिनी र ठूली बहिनीहरुले सडक नाटकमा अभिनय गरेका थिए भने परियाेजनाका कर्मचारीहरुले सहजिकरण गरेका थिए । जगरनाथपुरमा गाउँपालिकाकी उपाध्यक्ष बिसमिल्लाह खातुन र धाेबिनीमा वडाध्यक्ष मनवर अहमदकाे अध्यक्षतामा सडक नाटक कार्यक्रम भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाद्र कृष्ण प्रतिपदा : विभिन्न कार्यक्रम गरी देशभर मनाइयो गाईजात्रा

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिनदेखि आठ दिन अर्थात् अष्टमीसम्म मनाइने गाईजात्रा पर्व उपत्यका लगायत देशभरका मुख्य सहरमा दिवङ्गत भएका आफन्तको सम्झनामा...

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७ जना कर्मचारी तथा श्रमिक अहिलेसम्म सम्पर्कविहीन भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,...

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीद्वारा सांसदसँग छलफल

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा आज सङ्घीय सांसदसँग छलफल गर्नुभएको छ...