Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

पाेखरियामा महिला स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सम्मानित

spot_img
spot_img

वीरगंज । अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा साेमबार पाेखरियामा जनचेतनामूलक रैली तथा नारी सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

पोखरीया नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा १६ जना स्वास्थ्यकर्मी, ४ जना छात्रा र २ जना महिला सुरक्षकर्मीहरुलाई सम्मान गरिएकाे थियाे । कोरोना भाईरसको महामारीमा आफ्नो ज्यानलाई प्रभाव नगरी कोरोनाबाट बच्न आम सर्वधाराणका लागि रातदिन काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षकर्मी र बिधार्थीहरुलाई सम्मान गरिएको पोखरीया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले बताइन ।

१ सय ११ औ नारी दिवसको उपलक्ष्यमा भएको कार्यक्रममा उपप्रमुख खातुनले महिलाहरुको लागि अगामी योजनाहरु पनि घोषणा गरेकी थिइन । उनले कक्षा १० मा उत्कृष्ट ५ जना छात्रालाई क्रमश एक जनलाई ३० हजार, एक जनालाई २० हजार र ३ जनालाई १० हजारले, ११ कक्षाका उत्कृष्ट ३ जना छात्रालाई क्रमश ३० हजार, २० हजार र १० हजारले र कक्षा १२ का ३ जना उत्कृष्ट छात्रालाई ५० हजार, ३० हजार, २० हजार पुरुस्कृत गरिने वताइन ।

यस्तै, उच्च शिक्षा हासिल गर्न जाने उत्कृष्ट २ जना मध्ये १ जना छात्र र १ जना छात्रालाई ६० हजारको दरले पुरस्कृत गर्ने घोषणा गरिन ।

यसका साथै, कृषक महिला, उधमी महिला, एकल महिला तथा महिला पत्रकारलाई पनि आउने नारी दिवसमा सम्मान तथा पुरस्कृत गर्ने घोषणा गरिन । पोखरीया नगरपालिकामा पहिलो चोटी भएको यस्तो कार्यक्रम अब निरन्तरता पाउने उप प्रमुख खातुनले वताइन ।

कार्यक्रमका प्रमुख अतिथी तथा पोखरीया नगरपािलकाका प्रमुख दिपनारायण रौनियारले महिला बिना पुरुष अधुरो हुने भएकोले महिलालाई सम्मान गर्न नभुल्ने बताए । ईतिहास गवाह छ सिताको सहयोगले रामको नाम अगाडी आयो भने पार्वतीको सहयोगले शंकर भगवानको नाम अगाडी प्रचलीत भयो त्यस कारण महिलाको सहयोग बिना नपुरुष अगाडी बढन सक्छन नत्र देश नै अगाडी बढन सक्ने भएकोले नारी बिना सारा काम अधुरो हुने उनकाे भनाई थियाे ।

कार्यक्रममा वडाध्यक्ष लक्ष्मण साह कानु, ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक दिपक थापा, सशस्त्र प्रहरी निरिक्षक प्रमोद राय, स्वास्थ्य संयोजक कौशलेन्द्र मिश्रा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा स्वास्थ्य शाखाबाट सिमा साह, सुनिता राई, सपना पटेल, आचल कुमारी पाण्डे, रेणु तिवारी, रेन्जु मिश्रा, संगीता कुमारी दास, किरण दास, श्यामा देवी कर्ण, सिता यादव, सिवानी रिमाल, खुश्बु मिश्रा, सचिन दास, चिंता यादव, गुंजा चौधरी, गंगा बिष्ठ, मिना देवी, ईलाका प्रहरी कार्यालय पोखरीयाकी असई पुजा मिश्रा र लक्ष्मी श्रेष्ठ र ४ जना छात्राहरुलाई सम्मान गरिएको थियो ।

यस्तै, दुई वटा विद्यालयलाई सेनेटरी पैड पनि बितरण गरिएको थियो ।

पोखरीया नगरपािलकाकी उपप्रमुख खातुनको अध्यक्षता र नगर प्रमुख रौनियारको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रमकाे कार्यक्रमकाे सहजीकरण नरेन्द्र साह कानुले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...