Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

प्रेस संगठनबाट महासंघ पर्साकाे अध्यक्षमा राघव साहलाई उम्मेदवार बनाउने निर्णय

spot_img
spot_img

वीरगंज । प्रेस संगठन नेपाल जिल्ला कार्य समिति पर्साकाे बैठक आज सम्पन्न भएकाे छ । प्रेस संघठन पर्साका संयोजक निरज पिठाकोटे मगरको अध्यक्षतामा बसेकाे बैठकले नेपाल पत्रकार महासंघ पर्साकाे अध्यक्षमा राघव साहलाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ । 

चैतमा हुने पत्रकार महासंघकाे निर्वाचनकाे लागि अन्य पत्रकार संगठनहरुसंग सहकार्य र समन्वय गर्नकाे लागि बैठकले प्रेस संगठन नेपालका केन्द्रिय सदस्य एवम् प्रदेश नं. २ का सचिव बृजलाल पासवानकाे संयाेजकत्वमा ५ सदस्यीय संवाद तथा सहाकार्य समिति समेत गठन गरेकाे छ ।

जुन समितिकाे सदस्यहरुमा अध्यक्ष पदकाे उम्मेदवार राघव साह, प्रदेश सदस्य तुलसी भन्डारी, किरण राज पाण्डे र जिल्ला संयाेजक निरज पिठाकोटे मगर रहेको छन् ।

नेपाल पाेष्ट डेलीकाे कार्यालयमा बसेकाे बैठकमा प्रेस संगठन नेपालका प्रदेश सदस्य कृष्ण उदास खनाल, जगत राई, प्रमाेद यादव लगायतकाे सहभागिता रहेकाे थियाे ।

उम्मेदवार साह प्रेस संगठनका केन्द्रिय सदस्य एवम् प्रदेश नं. २ का सह संयाेजक हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाद्र कृष्ण प्रतिपदा : विभिन्न कार्यक्रम गरी देशभर मनाइयो गाईजात्रा

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिनदेखि आठ दिन अर्थात् अष्टमीसम्म मनाइने गाईजात्रा पर्व उपत्यका लगायत देशभरका मुख्य सहरमा दिवङ्गत भएका आफन्तको सम्झनामा...

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७ जना कर्मचारी तथा श्रमिक अहिलेसम्म सम्पर्कविहीन भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,...

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीद्वारा सांसदसँग छलफल

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा आज सङ्घीय सांसदसँग छलफल गर्नुभएको छ...