Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

प्रेस संगठनबाट महासंघ पर्साकाे अध्यक्षमा राघव साहलाई उम्मेदवार बनाउने निर्णय

spot_img
spot_img

वीरगंज । प्रेस संगठन नेपाल जिल्ला कार्य समिति पर्साकाे बैठक आज सम्पन्न भएकाे छ । प्रेस संघठन पर्साका संयोजक निरज पिठाकोटे मगरको अध्यक्षतामा बसेकाे बैठकले नेपाल पत्रकार महासंघ पर्साकाे अध्यक्षमा राघव साहलाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ । 

चैतमा हुने पत्रकार महासंघकाे निर्वाचनकाे लागि अन्य पत्रकार संगठनहरुसंग सहकार्य र समन्वय गर्नकाे लागि बैठकले प्रेस संगठन नेपालका केन्द्रिय सदस्य एवम् प्रदेश नं. २ का सचिव बृजलाल पासवानकाे संयाेजकत्वमा ५ सदस्यीय संवाद तथा सहाकार्य समिति समेत गठन गरेकाे छ ।

जुन समितिकाे सदस्यहरुमा अध्यक्ष पदकाे उम्मेदवार राघव साह, प्रदेश सदस्य तुलसी भन्डारी, किरण राज पाण्डे र जिल्ला संयाेजक निरज पिठाकोटे मगर रहेको छन् ।

नेपाल पाेष्ट डेलीकाे कार्यालयमा बसेकाे बैठकमा प्रेस संगठन नेपालका प्रदेश सदस्य कृष्ण उदास खनाल, जगत राई, प्रमाेद यादव लगायतकाे सहभागिता रहेकाे थियाे ।

उम्मेदवार साह प्रेस संगठनका केन्द्रिय सदस्य एवम् प्रदेश नं. २ का सह संयाेजक हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...