Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

जग्गाधनीलाई थाहा नदिई ७ कठ्ठा जग्गा नामसारी

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरिया नगरपालिका वडा नं. ४ पाेखरिया बसपार्क छेउमा रहेकाे कित्ता नं. २८४, २८५ को ७ कठ्ठा जग्गा आफुलाई थाहा नदिई अनितादेवी घर्तीको नाममा नामसारी भएकाे जग्गाधनी बब्ली सिंहले वताएका छन्  ।

बब्ली सिंहलाई मंसिर ९ गते अंशबण्डाको लागि मालपाेत कार्यालय पर्सामा लगिएकाे थियाे । बब्लु सिंहकाे भाई बुहारी अनिता  देबी धर्तीकाे भागमा पर्ने कुल जग्गाकाे आधि साढे ३ कठ्ठा जग्गा अंशबण्डा गर्नु पर्नेमा अनिताकाे भागमा पर्ने साढे तीन कठ्ठा जग्गा र बब्लुकाे भागमा रहेको उत्तिकै जग्गा अनितादेवी घर्तीको नाममा बकसपत्र पास भएपछि घटना बाहिरिएको हो ।

अंशबण्डा गर्न पुगेका बब्लीलाई झुक्याई बुहारी अनिता देबी, लेखनदास जादोलाल साह र अधिवक्ता अनिरुद्ध सिंहले मालपोत अधिकृत चन्द्रबहादुर कटुवालसँग मिलोमतोगरी जग्गा पास गरेको देखिन्छ ।

साेमबार वीरगंजमा पत्रकार सम्मेलन गर्दै बब्लु सिंहले लेखनदास र मालपोत कार्यालयका अधिकृतले आफुसंग केही नसाेधेकाे वताए । उनले आफू संग मात्र सहि छाप गराएका कारण घरपुगेपछि शंका लागेर आफन्त लक्ष्मण सिंहसंग भन्दा साे कुरा थाह भएकाे वताए ।

त्यसकाे भाेली पल्ट मालपाेत कार्यालय पुगेर बुझेकाे र साेही दिन जिल्ला प्रशासन कार्यालय पर्सामा उजरी समेेत दिएकाे उनले वताए ।

नामसारी भएकाे जग्गाकाे पहिलेको पुर्जा आफूसँगै रहेको पत्रकार सम्मेलनमा बब्लु सिंहले देखाउदा पुर्जामा अहिलेसम्म रातो चिह्न समेत नलगाएकाे देखिन्छ तर सो जग्गा कसरी पास भयो भन्ने विषयमा जिल्ला प्रशासन कार्यालयले अनुसन्धान शुरू गरेको छ ।

बब्लीले दिएको नवेदनको आधारमा मालपोत कार्यालय पर्सामा पत्राचार गर्दै जग्गा पास गर्ने, गराउने लेखनदास, सहीछाप गर्ने अधिकृत तथा अन्य व्यक्तिहरूको नाम खुलाई र तत्काल सो जग्गा अरूको नाममा नामसारी गर्नु अघि वास्तविक जग्गाधनी बब्लीको रायविना पास नगर्न पत्राचार गरेको देखिन्छ ।

बब्लु सिंहले राजिखुसी बकस पत्र गरेका हुन् : अनिता देवी धर्ती 

यस अघि अनिता देवी धर्तीले पनि शुक्रबार वीरगंजमा पत्रकार सम्मेलन गर्दै बब्लु सिंहले राजिखुसी जग्गाकाे बकस पत्र गरेकाे वताएकी थिइन ।

जेठा ससुरा बब्लु सिंहकाे खानपिन, रेखदेख र सेवाटहल मैले गरी आएकाेमा उँहाले खुसी भई आफ्नाे अंश हककाे जग्गा मध्ये ७ कठा जग्गा मालपाेत कार्यालय पर्सामा गई माघ १४ गते मेराे नाममा बकस पत्र गरेकाे वताएकी थिइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...