Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

अतिथी भवन निर्माण सहयाेगार्थ सखुवा प्रसाैनीमा महायज्ञकाे आयाेजना

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. १ औराहा (रेन्ज)मा श्रीमद् भागवत धन-धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ सुरु भएकाे छ ।

शिवरात्रीकाे अवसरमा सुरु भएकाे महायज्ञकाे शनिबार गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले उद्घाटन गरेका थिए ।

गाउँपालिकाकाे सहयाेगमा शिव मन्दिर प्रर्वद्धन, पुन:निर्माण तथा अतिथी भवन निर्माण सहयाेगार्थ महायज्ञकाे आयाेजना गरिएकाे महायज्ञ मुल समाराेह समितिले जनाएकाे छ ।

महायज्ञ मूल समाराेह समितिका अध्यक्ष प्रमाेद सिलवालकाे अध्यक्षतामा भएकाे उद्घाटन समाराेहमा गाउँपालिकाकी उपाध्यक्ष फुलमती चाैधरी, वडाध्यक्ष बिश्वनाथ पटवारी, राजेन्द्र कडेल, गाउँपालिकाकाे स्वास्थ्य संयाेजक राजेश राैनियार लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन गिरी राज कडेलले गरेका थिए ।

७ दिन सम्म चल्ने महायज्ञमा ब्यास पिठासिन बाचक पं. शिवप्रसाद सापकाेटा, कथा उप-वाचक पं. विष्णुप्रसाद तिमिल्सिना लगायतकाकाे मुखारविन्दबाट अमृतमय कथा वाचन, राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्याती प्राप्त कलाकारहरुद्वारा संगितमय भजन एवम् झाँकी लिला समेत प्रस्तुत गरिने कार्यक्रम संचालक कडेलले जानकारी दिए । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अत्यधिक वर्षाको जोखिम बढ्दै : पर्सा प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

वीरगंज । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार अत्यधिक भारी वर्षा भई नदी–नालामा पानीको बहाव बढ्ने तथा होचा भू–भाग डुबानमा पर्ने उच्च जोखिम देखिएपछि...

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...