Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

अतिथी भवन निर्माण सहयाेगार्थ सखुवा प्रसाैनीमा महायज्ञकाे आयाेजना

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. १ औराहा (रेन्ज)मा श्रीमद् भागवत धन-धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ सुरु भएकाे छ ।

शिवरात्रीकाे अवसरमा सुरु भएकाे महायज्ञकाे शनिबार गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले उद्घाटन गरेका थिए ।

गाउँपालिकाकाे सहयाेगमा शिव मन्दिर प्रर्वद्धन, पुन:निर्माण तथा अतिथी भवन निर्माण सहयाेगार्थ महायज्ञकाे आयाेजना गरिएकाे महायज्ञ मुल समाराेह समितिले जनाएकाे छ ।

महायज्ञ मूल समाराेह समितिका अध्यक्ष प्रमाेद सिलवालकाे अध्यक्षतामा भएकाे उद्घाटन समाराेहमा गाउँपालिकाकी उपाध्यक्ष फुलमती चाैधरी, वडाध्यक्ष बिश्वनाथ पटवारी, राजेन्द्र कडेल, गाउँपालिकाकाे स्वास्थ्य संयाेजक राजेश राैनियार लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन गिरी राज कडेलले गरेका थिए ।

७ दिन सम्म चल्ने महायज्ञमा ब्यास पिठासिन बाचक पं. शिवप्रसाद सापकाेटा, कथा उप-वाचक पं. विष्णुप्रसाद तिमिल्सिना लगायतकाकाे मुखारविन्दबाट अमृतमय कथा वाचन, राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्याती प्राप्त कलाकारहरुद्वारा संगितमय भजन एवम् झाँकी लिला समेत प्रस्तुत गरिने कार्यक्रम संचालक कडेलले जानकारी दिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...