Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

पर्सा, बारा र रौतहटका ५ दर्जन पत्रकार सम्मानित

spot_img
spot_img

जितपुर  । ब्रह्म कुमारी राजयोग सेवा केन्द्र वीरगंजले शुक्रबार ८५ औँ महाशिवरात्रि महोत्सव ज्ञान महायज्ञको अवसरमा पत्रकारहरुलाई सम्मान गरेको छ । बाराको पिलुवामा आयोजित महोत्सव उद्घाटन कार्यक्रममा पर्सा, बारा र रौतहटका ५ दर्जन पत्रकारहरुलाई सेवा केन्द्रले सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं.२ का उधोग, पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय यादवले पत्रकारहरुलाई खादा ओढाई सम्मान पत्रले सम्मान गरेका थिए । पिलुवास्थित सेवा केन्द्रको व्यवस्थापनमा निर्माण गर्न लागिएको पिस पार्कको मन्त्री यादवले शिलान्यास समेत गरेका थिए ।

सेवा केन्द्र वीरगंजकी मुख्य संचालिका राजयोगनी ब्रह्म कुमारी रबिना दिदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य ज्वाला साह, नेपाली काँग्रेसका नेता शोभाकर पराजुली, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का सचिव गुरु गौत्तम, पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, ब्रहमकुमार राम सिंह लगायतको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...