Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

पर्सा, बारा र रौतहटका ५ दर्जन पत्रकार सम्मानित

spot_img
spot_img

जितपुर  । ब्रह्म कुमारी राजयोग सेवा केन्द्र वीरगंजले शुक्रबार ८५ औँ महाशिवरात्रि महोत्सव ज्ञान महायज्ञको अवसरमा पत्रकारहरुलाई सम्मान गरेको छ । बाराको पिलुवामा आयोजित महोत्सव उद्घाटन कार्यक्रममा पर्सा, बारा र रौतहटका ५ दर्जन पत्रकारहरुलाई सेवा केन्द्रले सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं.२ का उधोग, पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय यादवले पत्रकारहरुलाई खादा ओढाई सम्मान पत्रले सम्मान गरेका थिए । पिलुवास्थित सेवा केन्द्रको व्यवस्थापनमा निर्माण गर्न लागिएको पिस पार्कको मन्त्री यादवले शिलान्यास समेत गरेका थिए ।

सेवा केन्द्र वीरगंजकी मुख्य संचालिका राजयोगनी ब्रह्म कुमारी रबिना दिदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य ज्वाला साह, नेपाली काँग्रेसका नेता शोभाकर पराजुली, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का सचिव गुरु गौत्तम, पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, ब्रहमकुमार राम सिंह लगायतको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...