Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपत ग्रहण 

spot_img
spot_img
वीरगंज । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पर्साको नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपत ग्रहण तथा सम्मान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
वीरगंजको गण्डकस्थित कलर्स रिसोर्टमा भएको कार्यक्रममा निर्वाचन अधिकृत रामनारायण कुर्मीले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण गराएका थिए । 
 
गत शनिबार भएको निर्वाचनमा संघको अध्यक्षमा राजेश पण्डित, संघको वरिष्ठ उपाध्यक्षमा असगर अलि अंसारी, उपाध्यक्षमा राकेश यादव, महासचिवमा  जिष्णु बराल, सचिवमा प्रभाकर गुप्ता, कोषाध्यक्षमा नगनारायण सिंह, सदस्यहरुमा भागवती शर्मा, गिरी राज कडेल, अरुण कुमार शर्मा, कुन्दन प्रसाद र विजय कुमार गुप्ता निर्वाचित भएका थिए । 
 
त्यसैगरी, संघको लेखा सुपरिक्षण समितिको संयोजकमा राजेन्द्र प्रसाद जयसवाल, सदस्यमा हृदयनारायण साह र मनोज गुप्ता निर्वाचित भएका थिए । संघका अध्यक्ष पण्डितको अध्यक्षता र वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीको प्रमुख आतिथ्यतामा शपत ग्रहण तथा सम्मान कार्यक्रम भएको थियो । 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...