Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपत ग्रहण 

spot_img
spot_img
वीरगंज । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पर्साको नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपत ग्रहण तथा सम्मान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
वीरगंजको गण्डकस्थित कलर्स रिसोर्टमा भएको कार्यक्रममा निर्वाचन अधिकृत रामनारायण कुर्मीले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण गराएका थिए । 
 
गत शनिबार भएको निर्वाचनमा संघको अध्यक्षमा राजेश पण्डित, संघको वरिष्ठ उपाध्यक्षमा असगर अलि अंसारी, उपाध्यक्षमा राकेश यादव, महासचिवमा  जिष्णु बराल, सचिवमा प्रभाकर गुप्ता, कोषाध्यक्षमा नगनारायण सिंह, सदस्यहरुमा भागवती शर्मा, गिरी राज कडेल, अरुण कुमार शर्मा, कुन्दन प्रसाद र विजय कुमार गुप्ता निर्वाचित भएका थिए । 
 
त्यसैगरी, संघको लेखा सुपरिक्षण समितिको संयोजकमा राजेन्द्र प्रसाद जयसवाल, सदस्यमा हृदयनारायण साह र मनोज गुप्ता निर्वाचित भएका थिए । संघका अध्यक्ष पण्डितको अध्यक्षता र वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीको प्रमुख आतिथ्यतामा शपत ग्रहण तथा सम्मान कार्यक्रम भएको थियो । 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...